Logo

कालिकोटको खाँडामा निःशुल्क स्वास्थ्य शिविर बस्ने



काठमाडौं, १६ पुस । कालिकोट जिल्ला पलाता गापा खाँडाका अग्नि पीडितहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने भएको छ ।

अग्नि पीडितहरुको स्वस्वास्थ्य जाँच र स्वास्थ्यमा कुनै समस्या नआउन दिन भन्दै ‘सुन्दर कालिकोट–समृद्ध कालिकोट’ अभियानको आयोजना र नेपालगंज मेडिकल कलेजको प्राबिधिक सहयोगमा यहि पौष १८ र १९ गते पलाता खाडामा वरिष्ठ डाक्टरहरुको उपस्थितिमा विशेष स्वास्थ्य शिविर बस्ने भएको हो ।

नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीको पहलमा बस्ने स्वास्थ्य शिविरमा अग्निपीडितहरुले सुविधा लिन सक्नेछन् । महासचिव शाहीले उक्त शिविरलाई सम्पन्न गर्न स्थानीय तह, राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा सम्पुर्ण महानुभावहरुलार्इ विनम्र अनुरोध गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्