Logo

‘विपिन’को निर्देशनमा ‘पिरती’ भिडियोसहित



काठमाडौं, १९ पुस । म्युजिक भिडियो सम्पादन एवम् छायांकारको परिचय बनाएका वीरेन्द्र भाट ‘विपिन’को निर्देशनमा ‘पिरती’ बोलको लोक तथा दोहोरी गीत सार्वजनिक भएको छ ।

राहुल संगीत र शान्तिश्री परियारको स्वर तथा राहुलकै शब्द-सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । राहुल संगीत, सगुन शाही र यमुना सुनारलाई फिचरिङ गरिएको गीतको भिडियोलाई बासु बरालले छायांकन गरेका छन भने वीरेन्द्रले नै सम्पादन गरेका हुन् ।

वर्ल्ड कभर मिडियाको पोष्ट प्रोडक्सन रहेको गीत म्युजिक बैङ्क नेपाल प्रालिको प्रस्तुति दीपक विवशको मार्मिक लोक दोहोरी गीत पिरतीले स्रोता र दर्शकको मन जित्नेमा आफू आशावादी रहेको विपिनले बताए ।



प्रतिक्रिया दिनुहोस्