Logo

प्रीति आलेको स्वरमा ‘रन बेबी’ भिडियोुसहत



काठमाडौं, २० पुस । नेपाली गीत संगीतको बजारमा फरक फरक गीत बजारमा आउने क्रममा फेरी फरक सैलिमा बनेको गीत बजारमा आएको छ । चर्चित अनि फरक धारमा गीत गाउने गायिकाको स्वर रहेको गीतमा फरक अनि आर्कर्सक भिडियो बजारमा आएको हो ।

नृत्यकार एंवम मोडल सबिता आलेद्वारा अभिनित तथा चर्चित लोक पप गायिका प्रीति आलेको मिठो स्वरद्वारा सुसजित मिठो अनि रमाईलो गीत रन बेबी हालसालै सोसियल मिडिया साईट युट्युब, ट्विटर, फेसबुक तथा ईन्स्ट्राग्राममा लन्च गरिएको छ ।

आजकाल गीत चलाउनको लागि युटुब लाइ टार्गेट गरिएको हुन्छ हेरौ यो गीतले कतिको भिउज पाउने हो त्यो दर्सक सोर्ताको हातमा छ गीतमा सब्द संगीत बिनोद रसाइलिको रहेको छ । मुनालशिशिर कोइरालाको निर्देसन ,निश्चल केसीको कोरियोग्राफी अनि मुकेश हुमागाइको क्यामरामा तयार भिडियोलाइ अमृत चापागाईं ले सम्पादन गरेका हुन् ।

हाम्रो टिमले आगामी दिनहरुमा अझ बढि प्रगतिको लागि धेरै शुभकामना तथा यस गीति एल्बमको सफलताको कामना पनि गर्दछौ भिडियो तथा अडियोलाई जनता डिजिटलले बजार ब्यबस्थापन गरेको छ । भिडियोमा सबिता आले ,समिर खान र बिनोद चौलागाईंको दमदार डान्स अनि अभिनय रहेको छ ।

https://www.youtube.com/watch?v=H91DzD3Ly28&feature=share&fbclid=IwAR2U2B-gsKwzHarNUNuoyEqUUy7WuzMQggjaD99_mS–0oW4TqnrW9FUF4o



प्रतिक्रिया दिनुहोस्