Logo

पितासँग अन्तिम पटक ‘ओरल सेक्स’ गरेकी नताशाले उपन्यास लेख्ने !



काठमाडौं। आफ्नै पिताबाट छोरी बलात्कृत भएको त हामीले सुनेका छौं तर आफ्नै पितासँग यौन सम्बन्धको लागि छोरी आकर्षित भएको र उनीहरुले सहमतिमै विभिन्न तरिकाले यौन सम्बनध बनाएको घटना भने विरलै सुनिन्छ । तर, एक युवतीले भने चर्चित अन्तर्राष्ट्रिय मिडियामा लेख नै लेखेर आफू र आफ्ना जन्म दिने पिताको बीचमा भएको यौन सम्बन्धबारे सनसनीपूर्ण खुलासा गरेकी थिइन् । यो खुलासाले एकैपटक संसारभल हलचल मच्चिएको थियो ।

क्यानडाको भ्याङकोभरकी २७ वर्षकी नताशा रोज चेनियरले लेखेको लेख ‘अन फलिङ इन एण्ड आउट अफ लभ विथ माइ ड्याड’ १७ फेब्रुअरी २०१५ मा जेजेबेलमा प्रकाशित भयो । जेजेबेल अमेरिकाको प्रतिष्ठित मिडिया कम्पनी युनिभिजन कम्युनिकेशन्सले संचालन गरिरहेको मिडिया हो । प्रतिष्ठित मिडियामा उनको यो लेख आएपछि संसारभर तहल्का मच्चियो । लेखमा नताशाले कसरी उनले आफूलाई जन्माउने पितालाई भेटिन्, कसरी उनीप्रति आकर्षित भइन्, कसरी उनका पिता पनि उनीसँग यौन सम्बन्धको लागि लालायित थिए भन्ने विषयमा खुलासा गरेकी छिन् ।

नताशाले सुरुमा आफ्ना पिताप्रति सुरु भएको आकर्षष पछि सहमतिमै पटक पटक यौन सम्बन्धसम्म पुगेको र अन्ततः अहिले आफैंसँग घृणा लाग्न लागेको कुरा लेखमा उल्लेख गरेकी छिन् । उनीहरुबीच यौन सम्बन्ध सुरु हुनुभन्दा २ वर्ष अगाडि नताशा उनका पिताको सम्पर्कमा आएकी थिइन् । उनका पिता जमाइकामा बस्थे र पितालाई जमाइका भेट्न जानुअघि उनले पितासँग केही पटक फोनमा कुरा गरिसकेकी थिइन् ।

नताशाकी आमा १९ वर्षकी हुँदा उनका पितासँग सम्बन्धमा थिइन् । नताशाकी आमा गर्भवती भएपछि नताशाका पिताले उनलाई छाडेर गए । यही कारण नताशाले आफू हुर्कने क्रममा आफ्ना पिताबारे केही जान्नै पाइनन् । नताशाले आफू १५–१६ वर्षकी हुँदादेखि आफूलाई जन्माउने पिताको खोजी थालेकी थिइन् । उनी १७ वर्षकी हुँदा पिताको सम्पर्कमा आइन् र प्रत्यक्ष भेट्ने बेला भने उनको उमेर १९ वर्ष थियो ।

नताशाका अनुसार पितालाई भेट्ने बेला उनी एक्लो महसुस गरिरहेकी थिइन् र आफ्नी आमासँग रिसाइरहेकी थिइन् । पहिलो पटक पितालाई भेट्दा पिताले महंगा खाना खुवाउने गरेर उनलाई प्रभावित पारेका थिए । पहिलो पटक भेट्दा नै उनी पिताप्रति आकर्षित भएकी थिइन् । त्यसपछि उनी विस्तारै पिताप्रति यौपनक रुपमा झनै आकर्षित हुदै गइन् । उनीहरु भेट्दा एउटै बेडमा सुत्थे । नताशालाई यो आकर्षण केही समयपछि आफैं हराउला भन्ने लागेको थियो तर समयसँगै आकर्षण झनै बढ्दै गयो ।

२००९ मा नताशा आफ्ना पितालाई भेट्न अन्तिम पटक गएकी थिइन् जतिबेला उनी २१ वर्षकी थिइन् । यतिबेला नताशालाई थाहा भयो यो यौनिक आकर्षण उनी एक्लैको नभइ उनीहरु दुवै एक अर्काप्रति आकर्षित थिए । त्यतिबेला पिताले उनलाई भने कि नताशालाई पहिलोपटक देख्दा नै उनको मनमा यौन सम्बन्धको चाहना उब्जिएको थियो । पितासँग अन्तिम पटक ‘ओरल सेक्स’ (मुखमैथुन) गरेपछि नताशाले  आफूलाई पिताभन्दा टाढा अर्कै बेडरुममा बन्द गरिन् । भोलिपल्ट बिहान उनका पिताले चुपचाप उनलाई एयरपोर्ट पुर्याए ।

नताशा आफूलाई पिताको यौन शोषणको शिकार मान्दिनन् बरु उनले आफूलाई आफ्नै यौन चाहनाले शोषण गरेको मान्छिन् । उनी ६ वर्षदेखि पिताकहाँ फर्केर गएकी छैनन् । उनी अहिले पनि उनीहरुको बीचमा त्यो बेला जे भएको थियो त्यसको अर्थ खोजिरहेकी थिइन् । उनले यो आकर्षणबाट बच्न थेरापी लिइरहेकी छिन् । यही बीचमा उनले आफ्नो अनुभवबारे अटोफिक्सनल उपन्यास लेख्दैछिन् ।



प्रतिक्रिया दिनुहोस्