Logo

अन्तर्राष्ट्रिय महोत्सव माघ ११ देखि



भद्रपुर, २१ पुस । झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा अन्तर्राष्ट्रियस्तरको व्यापार महोत्सवको आयोजना हुने भएको छ । बिर्तामोड उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी माघ ११ देखि २३ गतेसम्म हुने बिर्तामोड ‘अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७५’लाई झापामा अहिलेसम्म हुँदै आएकामध्य सबैभन्दा बृहत् र व्यवस्थित बनाउने तयारी गरिए आयोजकले बताएका छन् ।

सङ्घका अध्यक्ष कुमार भट्टराईले महोत्सवमा भारत, बङ्गलादेश र पाकिस्तानका कक्ष रहने र चीन तथा थाइल्याण्डका व्यवसायीसँग कक्ष राख्नेबारे कुराकानी भइरहेको जानकारी दिनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्