Logo

फोरमका नेताहरु बिहानै बालुवाटारमा, ओली–प्रचण्डको गराए ध्यानाकार्षण



काठमाडौं, २१ पुस । सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवम् उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आज सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् ।

पार्टीका शीर्ष नेताहरुसहित आज विहान यादव प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । उनले संविधान संशोधनलगायत विभिन्न विषयमा नेकपाका अध्यक्षद्धयको ध्यानाकार्षण गराएका हुन् । बालुवाटारमा भएको भेटवार्तामा नेकपाका तर्फबाट अध्यक्षद्धय ओली र प्रचण्डसहित गृहमन्त्री रामबहादुर थापा बादल र नेकपाका सचिव विष्णु पौडेल सहभागी थिए ।

उता फोरमको तर्फबाट पार्टी अध्यक्ष यादवसहित वरिष्ठ नेता अशोक राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्षहरु रकम चेम्जोङ, हेमराज राई, महासचिव रामसहाय प्रसाद यादव र सचिव प्रकाश अधिकारी सहभागी थिए ।

फोरमले प्रधानमन्त्री ओलीको ध्यानार्षण गराउन विभिन्न विषयहरु अघि सारेको छ । जसमध्ये, मुलुकको विद्यमान राष्ट्रिय समस्याहरुलाई हल गर्न, नीति निर्माण र त्यसको कार्यान्वयनमा सहयोग पु¥याउन दुबै पार्टीको बीचमा संयुक्त कार्यदल बनाई कार्य गर्नुपर्ने पहिलो बुँदा रहेको छ ।

त्यस्तै, संघीयता, लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशीकरण र राष्ट्रिय पहिचानको मान्यता, राजनीतिक उपलब्धिहरुलाई संस्थागत गर्न र राष्ट्रिय समस्याहरुलाई हल गर्न समेतका लागि संविधान संशोधन गर्न आवश्यक गृहकार्य गरी संसदको यसै सत्रमा विधेयक पारित गराउने र ऐन÷कानूनहरु निर्माण वा संशोधन गर्दा संघीय गणतन्त्र मजबूत हुने गरी निर्माण गर्ने लगायत रहेका छन् ।

                                                                                                                                                मिति २०७५/०९/२१

सम्मान्नीय प्रधानमन्त्री ज्यू,
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,
सिंहदरबार, काठमाडौं ।

विषय : स्मरण सम्बन्धमा ।

राजनीतिक इतिहासमा लामो कालखण्ड पछि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा पहिलो पटक संसद्मा दुई तिहाई बहुमत प्राप्त राजनीतिक पार्टीहरुको संयुक्त सरकार बनेको छ । संसारभरी नै उदारवादी तथा रुढीवादी शक्तिहरु प्रवल बन्दै गइरहेको बेलामा नेपालमा प्रगतिशील शक्तिहरुको सरकार निर्माण हुनु आफैमा अन्यन्त महत्वपूर्ण र ऐतिहासिक राजनीतिक उपलब्धि हुन् । तर, सरकार गठन भएको लगभग १ वर्ष हुन लागेको अवस्थामा पनि त्यसको प्रत्यक्ष अनुभूति नेपाली जनताले पाउनु पर्दथ्यो, त्यो किन हुन सकेन ? त्यसको पनि विश्लेषण र समिक्षा हुनु पर्दछ । सरकारमा सामेल भएर नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम, नेपाल सहकार्य गरी मुलुकबाट गरिबी, बेरोजगारी, आर्थिक पछ्यौटेपन, असमानता र विभेदलाई अन्त्य गर्दै संघीयता, लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय, समावेशी प्रतिनिधित्व, भागिदारी, हिस्सेदारीसहितको समावेशी लोकतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्दै आर्थिक समृद्धितर्फ तीब्र गतिमा अगाडि बढ्नु पर्ने आजको ऐतिहासिक आवश्यकतालाई पूरा गर्न निम्न विषयहरुमा सम्मान्नीय प्रधानमन्त्रीज्यूको आवश्यक र ठोस पहलकदमी होस् भन्ने उद्देश्यले ध्यानाकर्षण गराउन चाहन्छौं ।

१. मुलुकको विद्यमान राष्ट्रिय समस्याहरुलाई हल गर्न, नीति निर्माण र त्यसको कार्यान्वयनमा सहयोग पु¥याउन दुबै पार्टीको बीचमा संयुक्त कार्यदल बनाई कार्य गर्न ।

२. संघीयता, लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशीकरण र राष्ट्रिय पहिचानको मान्यता, राजनीतिक उपलब्धिहरुलाई संस्थागत गर्न र राष्ट्रिय समस्याहरुलाई हल गर्न समेतका लागि संविधान संशोधन गर्न आवश्यक गृहकार्य गरी संसदको यसै सत्रमा विधेयक पारित गराउन ।

३. ऐन÷कानूनहरु निर्माण वा संशोधन गर्दा संघीय गणतन्त्र मजबूत हुने गरी निर्माण गर्न ।

४. मुलुकमा बढ्दो अराजकता, ढिलासुस्ती, कमिशनतन्त्र, भ्रष्टाचार र अनियमिततालाई नियन्त्रण गरी जनतालाई सामाजिक न्याय र सुशासनको प्रत्याभूति गराउन ।

५. प्रदेश सरकारलाई सबल र सक्षम बनाउन संघीय गणतन्त्रको भावना अनुकूल आवश्यक अधिकार, शक्ति, स्रोत र साधन उपलब्ध गराई संघीय गणतन्त्रलाई संस्थागत गरी मजबूत बनाउन ।

६. विगतमा भएका मधेश÷थरुहट आन्दोलनका क्रममा राजनीतिक नेता तथा कार्यकर्ताहरुमाथि दमन गर्न लगाइएका मुद्दाहरु फिर्ता गराउन ।

७. विभिन्न आयोगहरुलाई पूर्णरुपले क्रियाशील बनाउन समावेशीतालाई ध्यानमा राखी आवश्यक आपसी परामर्श र समझदारीका आधारमा नियुक्तिहरु गरी पूर्णता दिन ।

८. विकासका दृष्टिकोणले पछाडि पारिएका वा परेका कर्णाली प्रदेश र प्रदेश नं २ लाई विकास र निर्माणका लागि विकास सम्बन्धि विशेष योजना (क्उभअष्ब िएबअपबनभ) को व्यवस्था गर्न ।

७. अन्तर मन्त्रालयहरुबीच आपसी सद्भाव, सहयोग र सम्बन्ध कायम गरी कार्य गर्न ।

८. संघीय समाजवादी फोरम नेपालको जिम्मेबारीमा परेका मन्त्रालयहरुको कार्य प्रभावकारितालाई बढाउन आवश्यक वातावरण, सहयोग र समन्वय गर्न ।

९. कर्मचारीतन्त्रमाथिको राजनीतिक परनिर्भरतालाई कम गरी सरकारको नीति निर्माण, निर्णय र कार्यान्वयन पक्षलाई प्रभावकारी बनाउन ।

११. राष्ट्रिय हितको प्रतिकूल नहुने गरी द्घिपक्षीय वा बहुपक्षीय सम्बन्ध तथा अन्तराष्ट्रिय मामिलामा सन्तुलित सम्बन्ध र कूटनीतिक प्रयासहरु गर्न ।

रामसहाय प्रसाद यादव
महासचिव



प्रतिक्रिया दिनुहोस्

Screenshot