Logo

मिथिला कलाका अग्रणी विजयदत्त मणि



जनकपुर,२१ पुस । पेशामा अङ्ग्रेजीका शिक्षक विजयदत्त मणि पछिल्लो समय मैथिली साहित्य र कलाको विकासमा निरन्तरता दिन थाल्नुभएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–४ सरस्वतीनगरका बासिन्दा उहाँ एक सामान्य शिक्षक मात्र नभइ मैथिली भाषाका कवि, मैथिली भाषा प्रचारक तथा मिथिला कलाको गुरुका रुपमा पनि परिचित हुनुहुन्छ । सरस्वतीनगरस्थित उहाँको घरमा पुग्दा उहाँ कि मिथिला संस्कृति झल्काउने खालका कलामै रमेको कि त मिथिला पाग ९टोपी० बनाउँदै गरेको अवस्थामा भेटिनुहुन्छ । भ्रमरपुरा मावि, महोत्तरीमा निमावितर्फ अङ्ग्रेजी शिक्षकको रुपमा कार्यरत विजयदत्त घरमै मिथिला कला झल्काउने खालका टि म्याट, मोबाइल कभर, नेपाली खादा, टेबुल क्लोथ, बनाउनुहुन्छ । उहाँ माटो तथा सिमेन्टका मूर्ति पनि बनाउन सिपालु हुनुहुन्छ ।

विजयदत्तले बनाएका यस्ता पाग, नेपाली खाँदा, विभिन्न समारोहमा निकै प्रयोग हुन थालेका छन् । सम्मान समारोहका लागि प्रयोग हुने रु १०० देखि रु पाँच हजार मूल्यसम्मका टोपी पनि उहाँ बनाउनुहुन्छ । यसपटक विवाह पञ्चमीमा अयोध्याबाट जन्तीको रुपमा जनकपुरधाम आउनुभएका भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई दुलहीपट्टृीबाट जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले स्वागत गर्दा विजयदत्तले नै बनाएको पगरीसहितको मिथिला टोपी ९पाग० लगाइदिइएको थियो । उक्त टोपीमा मिथिला र उत्तर प्रदेश अवधको मिश्रित संस्कृति झल्किएको उहाँ बताउनुहुन्छ ।

त्यस्तै टोपी मन्दिरका महन्थ र मुख्यमन्त्रीलाई पनि लगाइएको थियो । उहाँका चित्रकला जनकपुरकै रामानन्द चोकका पिलर तथा भित्तामा देख्न पाइन्छ भने सीता प्यालेस होटेलमा पनि भित्तामा उहाँकै चित्रकला सजाइएको छ । यसैगरी रारा बहुमुखी क्याम्पस, जनकपुरको मैथिली विभागमा पनि आफ्नै चित्रकला सजिएको विजयदत्त बताउनुहुन्छ ।

यस्तो कलामा कसरी आकर्षित हुनुभयो भन्ने प्रश्नको जवाफमा उहाँ भन्नुहुन्छ, “यो मलाई ईश्वरको बरदान नै हो । मैले कतै गएर कसैसँग सिकेको छैन ।” बुबाले पनि यस्तो गर्नुभएको होइन । आफ्नै अध्ययन र प्रतिभाबाटै बनाउने आटँ आएको र अरुलाई पनि सिकाउँदै आएको छु ।
विजयदत्त भन्नुहुन्छ, “यो कलाका लागि म एक जनाले मात्र गरेर हुँदैन, यो ज्ञान र कला सबैमा जानुप¥यो । यसका लागि सरकारको तर्फबाट कला संस्कृति अध्ययनका लागि संस्थान नै खोलिनुपर्छ । सबैले पढ्न र सिक्न पाउनुपर्छ । ”

आफूले बनाएका कलाकृति रु १० हजार सम्ममा पनि बिक्दै आएको उहाँ बताउनुहुन्छ । पहिले त यस कलामा विदेशीको मात्रै चासो थियो । उनीहरु बुझ्न आउँथे र किनेर लैजान्थे, अहिले भने देशभित्र पनि चासो बढेको छ । प्रदेश नं– २ का पर्यटन सचिव विद्यानाथ झासँग पनि कुरा गरी हामी आफै उत्पादन गरेर आफै बजार खोजौं भनेको छु । उहाँले आफ्ना कलाकृति प्रदर्शनीका लागि सहयोग गर्ने आश्वासन दिनुभएको जानकारी दिँदै विजयदत्त मैथिल कवि विद्यापतिका माटोका मूर्ति तीन÷चार हजारमा बेच्ने गरेको पनि उल्लेख गर्नुुहुन्छ ।

आफूले बनाउने मिथिला कला तथा हस्तकलाका सामानमा कपडा, कुट, नेपाली कागज, फेवीकोल आदि प्रयोग गर्ने गरेको जानकारी दिँदै उहाँ भन्नुहुन्छ, “यस्ता सामान र कलाको बजार अत्यन्त राम्रो छ तर बजारको माग अनुसार उत्पादन भइराखेको छैन ।”

मिथिला क्षेत्रमा घर सजाउन प्रयोग गरिने रङ्ग र बुट्टालाई नै आफूले संस्कार संरक्षणको रुपमा क्यान्भासमा उतारेको र यस्ता कला आमाबाट छोरीमा पुस्तान्तरण हुँदै आजसम्म आएकामा अब भने यसका लागि इन्स्टिच्युट नै खुल्नुपर्नेमा विजयदत्त जोड दिनुहुन्छ ।

बाल्यकालमा रहरले कलाकारिता गरे पनि विगत २२ वर्षदेखि भने व्यावसायिक रुपमै लागिरहेको र अब चाँडै मिथिला साक्षरता अभियान पनि चलाउने प्रयासमा रहनुभएका उहाँले मिथिलाक्षर लिपीको साक्षरताका लागि ‘मनोरम पोथी’ नामक पुस्तक लेख्नुभएको छ । आफ्नै तर्फबाट प्रदेश नं–२ का आठवटै जिल्लामा निःशुल्क साक्षरता अभियान चलाउने योजना विजयदत्तको छ ।

मिथिला चित्रकलाको दर्शन र सिटिइभिटीको मैथिली चित्रकलाको पाठयक्रम निर्माण, मैथिली साहित्यकार समाजका संस्थापक सचिव राजनीतिक व्यङ्ग्यचित्र निर्माण र समाजका कविगोष्ठीका आजसम्मका साठीवटै शृङ्खलामा उद्घोषण गर्दै आउनुभएका विजयदत्तका बारेमा
स्थानीय टोल समितिका संस्थापक अध्यक्ष चन्द्रिका ठाकुर भन्नुहुन्छ, मिथिला कला संस्कृतिको जगेर्नामा लाग्नुभएका उहाँले हराउन लागेका कला संस्कृतिको संरक्षणमा ठूलो योगदान पु¥याउनुभएको छ ।

मिथिला भाषा, कला संस्कृतिको सम्बन्धमा यसरी खटिने विजयदत्तजस्ता प्रतिभालाई प्रोत्साहन, सम्मान गर्दै यस्तो संस्कृतिको संरक्षणमा सरकारले पहल नगरे कलाकारको अन्त्यसँगै कलाको अस्तित्व पनि सङ्कटमा पर्नेमा सम्बद्ध व्यक्तिले चासो व्यक्त गरेका छन् ।रासस



प्रतिक्रिया दिनुहोस्