Logo

डीपीएल अक्सन : पाँच खेलाडीलाई सर्वाधिक बोली



काठमाडौं २२ पुस । घरेलु प्रतिष्ठित फ्रान्चाइज क्रिकेट लिगमध्येको धनगढी प्रिमियर लिग (डीपीएल)को तेस्रो संस्करणका लागि भएको खेलाडी अक्सन (बोल कबोल)मा पाँच खेलाडीका लागि सर्वाधिक बोली लागेको छ।

एकभन्दा बढी टोलीले सर्वाधिक रकममा दाबी गरेपछि पाँच खेलाडीको निर्णय चिट्ठामार्फत गरिएको थियो।

त्यसमध्ये चिट्ठामा रूपन्देही च्यालेन्जर्स भाग्यमानी ठहरियो। रूपन्देहीले ललित भण्डारी, विनोद भण्डारी र भीम सार्कीलाई चिट्ठामार्फत अनुबन्ध गर्न सफल भयो। तीनै खेलाडीका लागि रूपन्देहीले जनही दुई लाख ५० हजार रुपैयाँ खर्चेको थियो।

यस्तै महेन्द्रनगर युनाइटेडले मोहम्मद आरिफ सेख र धनगढी स्टार्सले पवन सर्राफलाई चिट्ठामार्फत आफूसँग अनुबन्धित गरेको छ। यी दुवै खेलाडीले पनि जनही दुई लाख ५० हजार रुपैयाँ प्राप्त गरे।

माघको २६ देखि फागुन ११ सम्म धनगढीमा आयोजना हुने प्रतियोगिताका लागि शनिबार काठमाडौंमा भएको अक्सनमार्फत ललितनारायण राजवंशी पनि दुई लाख ५० हजारको सर्वाधिक रकममा विकेका छन्।

ललितलाई काठमाडौं गोल्डेन्सले सो रकम खर्चेको हो। उनीहरूबाहेक सन्दीप जोरा, भुवन कार्की, रोहितकुमार पौडेल र प्रदीप ऐरी पनि दुई लाखभन्दा बढी रकममा विकेका छन्।

सन्दीपलाई दुई लाख ३० हजार र भुवनलाई दुई लाख १० हजारमा सीवाईसी अत्तरियाले खरिद गरेको छ। यस्तै रोहितलाई दुई लाख ३० हजारमा महेन्द्रनगर युनाइटेडले र प्रदीपलाई दुई लाख ४० हजार रुपैयाँमा रूपन्देही च्यालेन्जर्सले अनुबन्ध गरेको छ।

उसले खेलाडी अनुबन्धका लागि १४ लाख ४५ हजारको सर्वाधिक रकम खर्चेको छ। डीपीएलले खेलाडी अनुबन्ध गर्न टोलीहरूका लागि अधिकतम १२ लाख रुपैयाँसम्म खर्च गर्न पाउने (पर्स मनी) नियम बनाएको थियो। रूपन्देहीले जरिवानासहित थप रकम तिरेर खेलाडी अनुबन्ध गरेको हो।

सो रकममा रूपन्देहीले ललित, विनोद, भीम र प्रदीपबाहेक सन्दीप सुनारलाई एक लाख १० हजार, कृष्ण कार्कीलाई एक लाख, विक्रम सोबलाई ६० हजार, पुरन विकेलाई ५० हजार तथा सुरज दराई र अनिल खरेललाई समान ३० हजार रुपैयाँमा अनुबन्ध गरेको छ।

रूपन्देहीपछि सर्वाधिक रकम खर्चेको धनगढी स्टार्सले पवनबाहेक अमित श्रेष्ठ र सुनिल धमलालाई समान एक लाख ८० हजार रुपैयाँ खर्चेर अनुबन्ध गरेको छ। यस्तै सौरभ खनाललाई एक लाख ६० हजार, विपीन खत्री र हरिबहादुर चौहानलाई ९५ हजार, दीपेश श्रेष्ठलाई ८० हजार, राजु रिजाललाई ७५ हजार, सन्दीप रजालीलाई ४० हजार, रोबिन क्षेत्रीलाई ३५ र धिरज शाहीलाई ३० हजार रकम खर्चेर अनुबन्ध गरेको छ।

यस्तै खेलाडी अनुबन्ध गर्न कुल ११ लाख ८५ हजार रुपैयाँ खर्चेको महेन्द्रनगर युनाइटेडले आरिफ र रोहितबाहेक अविनाश बोहोरालाई एक लाख ७० हजार, अमरसिंह रौटेलालाई एक लाख २० हजार, सागर ढकाललाई एक लाख, दिलीप नाथलाई ७५ हजार, सिद्धान्त लोहनीलाई ७० हजार, सहब आलमलाई ६० हजार, कुशल मल्ललाई ५० हजार तथा दीपेन्द्र चन्द र सन्तोष भट्टलाई समान ३० हजार रुपैयाँमा अनुबन्ध गरेको छ।

त्यसपछि कुल १० लाख ९५ हजार खर्च गर्दै ललितका लागि सर्वाधिक रकम खर्चेको काठमाडौं गोल्डेन्सले रसिद खान र अनिलकुमार शाहलाई समान एक लाख ७० हजार तथा विक्रम भुसालका लागि एक लाख ६० हजार रुपैयाँ खर्चेको छ। योगेन्द्र सिंह कार्कीका लागि ७० हजार खर्चेको काठमाडौंले सोनु तामाङलाई ६५ हजार तथा नन्दन यादव, सूर्य तामाङ र मेहबुब आलमका लागि समान ५० हजार रुपैयाँ तिरेको छ। यस्तै अभिनव यादव र सुधीर चौधरीलाई जनही ३० हजार रुपैयाँमा अनुबन्ध गरेको छ।

कुल नौ लाख ९० हजार रकम खर्च गरेको विराटनगर किङ्सले मोहम्मद आसिफ सेखले सर्वाधिक एक लाख ८० हजार खर्चेको छ। यस्तै कुशल भुर्तेलका लागि एक लाख ६० हजार, पृथु बास्कोटालाई एक लाख २० हजार, किशोर महतो र सुसन भारीलाई समान एक लाख र हरिशंकर शाहलाई ९० हजार रुपैयाँ खर्चेर अनुबन्ध गरेको छ। मोहम्मद सांसद सेख र राजेश पुलामीलाई जनही ७५ हजार तिरेको विराटनगरले अर्जुन अधिकारी, अमृत गुरुङ र तृतराज दासलाई समान ३० हजार रुपैयाँमा अनुबन्ध गराएको छ। अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्