Logo

लेखा समितिद्धारा उपसमितिको प्रतिवेदन परिमार्जनसहित पारित



काठमाडौं, २३ पुस । वाइड बडी खरिदसम्बन्धी उपसिमितिले तयार पारेको प्रतिवेदन सार्वजनिक लेखा समितिले आज परिमार्जनसहित पास गरेको छ । आज विहान सिंहदरबारमा बसेको समितिको पूर्ण बैठकले उपसमितिले बुझाएको प्रतिवेदनमा केही परिमार्जन गरेर पारित गरेको हो।

यसअघि खरिद प्रक्रियामा बदनियत देखिएको भन्दै कारबाही माग गरिएका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीलाई नैतिक जिम्मेवार ठहर्‍याएर प्रतिवेदन पारित भएको हो।

उपसमितिले तयार पारेको प्रतिवेदनमा पूर्वमन्त्रीहरू जीवनबहादुर शाही र जीतेन्द्र देवलाई नैतिक जिम्मेवार र मन्त्री अधिकारीलाई बदनियत राखेको उल्लेख थियो।

लेखाले पारित गरेको प्रतिवेदनमा तीनै मन्त्रीलाई नैतिक जिम्मेवार ठानेर कानुनअनुसार कारबाही माग गरिएको छ। यसअघि आजै पत्रकार सम्मेलन गरेर मन्त्री अधिकारीले आफूलाई अनुमान र पूर्वाग्रहका आधारमा अनियमिततामा मुछेको बताएका थिए।



प्रतिक्रिया दिनुहोस्