Logo

ओलीसँग प्रचण्ड बिच्किए, कारण यस्तो छ



काठमाडौं, २४ पुस । सत्तारु दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको सम्बन्धमा खटपट सुरु भएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको कार्यशैलीलाई लिएर अर्का अध्यक्ष प्रचण्डले आपत्ति जनाएका हुन् ।

ओलीले पार्टीको निर्देशन नमानेको र उल्टै सरकारले पार्टी चलाउने काम गरेको भन्दै नेकपाका अधिकांश नेताहरु उनीसँग असन्तुष्ट छन् । प्रधानमन्त्रीले कामभन्दा बढि भाषणबाजी गरेको भन्दै अध्यक्ष प्रचण्डले पनि गुनासो पोख्दै आएका छन् । तल्लो तहसम्म पार्टी एकतालाई निश्कर्षमा पुर्याउनुपर्ने बेलामा ओलीले त्यति समय नदिएकोमा प्रचण्ड रुष्ट छन् ।



प्रतिक्रिया दिनुहोस्