Logo

सिरहाकी हक्की लेडीको काठमाडौंमा सुन्दर गीत यात्रामा



काठमाडौं, २५ पुस । २०५० साल भदौँ १९ गते हेटौँडामा जन्मिएर सिरहामा हुर्केकी हिमांशु रायमाझी आफुलाई सफल गीतकारको रुपमा स्थापित गराउँन चाहन्छिन्। सानैदेखि गीत सँगितमा रुचि राख्ने उनी नेपाली सँगीत क्षेत्रमा सक्रिय छिन्। एउटा सामान्य यसरी दिन सकिन्छ गीतकार हिमाँशु रायमाझीको । जसलाई हामीले गोधुली उपनाम पनि चिन्न सक्छौ । जिन्दगी खास यात्रा उनको यात्रा रोचक छ।

पहाडको नगरी हेटौंडा जन्मिएकि रायमाझी भित्री मधेस सिराहा हुर्किन । जहाँ गर्मीमा लु र जाडोमा सितलहर चल्छ । यस्तो कठिन भोगाइ भोग्छ्न मानिसहरू त्यो नै तराइको पहिचान हो । तराइको यथार्थ हो । तराईलाई प्रकृतिले सधै उपहास गर्‍यो ।तर हिमाँशु लाई तराई खास लाग्छ । प्रिय लाग्छ । छातीमै टासिरहु झै लाग्छ ।

स्कुलमा उनी राम्रो विद्यार्थी थिइन । कविता लेख्थिन । नाटक र नृत्यमा रुचि राख्थिन । जिल्ला स्तरीय धेरै प्रतियोगिताहरुमा उनले पुरस्कार जितेकी छिन । आफ्नु चन्चल बाल्यअबस्था सम्झ्दा सिराहालाई सधै मिस गर्छिन उनी ।

त्यो बाल्यकाल ती साथी साङ्गाती । त्यो स्कुल । ती सर मिस सब याद आउँछ उनलाई । सम्झदा पनि सम्झना रमाइलो बन्छ । भन्छिन मान्छेको बाल्यकाल भन्दा सुन्दर अर्थोक केहि हुन्न । सिरहा पछि उनी काठमाडौं आइन । सपनाहरू बोकेर रहरहरु बोकेर । जिन्दगीलाई सुन्दर बनाउने अपेक्षा बोकेर ।

त्यसपछि लेख्न थालिन गीत । हक्की यी युवतिले राम्रो गायकहरुलाइ गाउन लगाउन थालिन गीत । म्युजिक भिडियोमा लगानी गरेर स्तरीय गीतको स्तरीय भिडियो बनाउने काम पनि गर्दैछिन । उनको गीतहरु कोमल शव्दका हुन्छन् ।प्रेमिल हुन्छन् । मान्छेको मन र मटु छुने खालका । धेरैले आफ्नु जीवन पाउँछन् गोधुली गीतमा । उनी गोधुली साँझ झै मायालु छिन ।

उनका गीत नेपाल आइडल भएका बुद्ध लामा चर्चित गायक कमल खत्री लगायतले गाएका छन । नेपालका स्तरीय गायक गायिकासग काम गर्ने उनको धोको छ। बाबा ममि पनि शिक्षण पेशा भएको कारण उनको बाटो झन सहज बन्यो । भन्छिन म जे छु बाबा ममिकै कारण छु ।

मेगाबी गोधुली एसएलसीमा जिल्लला प्रथम समेत भइन । शहरमा सम्बन्धहरु धमिराले खाएको घर जस्तो भएका छन । मान्छेको मनमा प्रेम मर्दै गएको छ । मान्छे हतारमा छ । साँझ परेर मेलाबाट घर फर्किरहेकी आमा जस्तो । पहाडको नदि जस्तो । कागको उडान जस्तो ।

सहरमा मान्छेलाई हतार छ । हिउँदमा लाग्ने तुसारो जस्तो भएको छ हृदय । यस्तो बेला गोघुलीको गीत सुन्नु को अर्थ हुन्छ मनको घाममा अलिकति मल्हम लगाउनु । जीवनलाई जीवन जस्तै सोच्न सक्नु । मायालु हुनु । खुसी हुनु । जिन्दगीको यात्रामा मधुर संगीतको झडका हिडाउनु । हो गोधुलीको गीत यस्तै कुरासँग छोइएर बनेका छ्न ।

उनी स्वस्थ्यमा स्नातक र समाजशास्त्रमा स्नातकोत्तर गरेकी युवती पनि हुन । मान्छेको हृदयलाई कसरी सम्बोधन गर्नुपर्छ । र गीतको समाजशास्त्र के हो ? उनलाई थाहा छ । यी सोझी छिन । मायालु पनि । यिनको अहो रमाइलो किस्सा यता सुन्नुस । एउटा् भाइले यीनलाई भनेछ् दिदी मलाई प्रेमीका छोडी सम्झाइदिनु पर्यो । हैट भाइको प्रेमिकाले गोधुली गीत सुनिन्छ्न भोलिपल्ट यीनीहरुको प्रेम फ़ेरि नयाँ बाटो आएछ ।

यी हक्की गीतकारको शब्द खलासीले सुन्छ र मक्ख हुन्छ । मेला बाट फर्किदै पहाडका युवतीहरु उनका गीत र आफ्नु प्रेमिकालाई सगै सम्झन्छन् । ठमेल सानो गल्लीमा यीनको बजिरहेको छ । साँझ गाढा भएको छ । एउटा प्रेमिल दिन सुस्तरी ढलेको बेला उनीसग मस्त कफि पिउनु कति आनन्दको कुरा होला ।

मन त छ उनीसंग अलिकति प्रेमका कुरा गरौ ।
अलिकति भावनाको कुरा गरौ ।
अलि अलि सम्झनाको
अलिअलि अतितको ।

भोलि उज्यालो भैहाल्छ नी हिमाँसु ।
जिन्दगीमा नयाँ कुरा गर्नु पनि बाच्नुको खास मज्जा हो । है त ।



प्रतिक्रिया दिनुहोस्

Screenshot