Logo

‘सालको पातको टपरी हुने’ले पायो दुई करोड ‘भ्युअर्स’



काठमाडौं, २६ पुस । बहुचर्चित लोकदोहोरी गीत ‘सालको पातको टपरी हुनी’को म्युजिक भिडियोले युट्युबमा दुई करोड भ्युअर्स पाएको छ ।गत असोजमा सर्जक बशन्त थापाको युट्युब च्यानलबाट सार्वजनिक भएको यो गीत दर्शकबीच लोकप्रिय भएर चार महीना नपुग्दै दुई करोड बढी दर्शक पाएको हो ।

यो समाचार तयार पार्दासम्म यस गीतलाई दुई करोड ४ लाख २८ हजार बढि भ्युअर्स छ । लोक तथा दोहोरी क्षेत्रमा सबैभन्दा बढि हेरिएको गीतको रुपमा यस गीतले परिचय बनाएको छ । नवराज पन्तको शब्द, वसन्त थापाको सङ्गीत रहेको गीतमा कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot