Logo

सुकुमाया फाउण्डेशनद्धारा राउटेहरुलाई सिरक वितरण



काठमाडौं, २७ पुस । सुकुमाया फाउण्डेशनले राउटेहरुलाई न्यानो कपडा वितरण गरेको छ । फाउण्डेशन र बर्गर हाउसको संयोजनमा गरेको संयुक्त अभियानले सुर्खेत र दैलेख जिल्लाको सिमानामा बसाइ सर्दै आइपुगेका राउटे समुदायको ४२ घर धुरिमा एक घर एक सिरक सहित बस्तिका ६० भन्दा बढी बालबालिकाहरुका लागि न्यानो कपडा वितरण गरेको हो ।

साथै अभियानको लागि देश तथा बिदेशमा रहनु भएका कलाकार, समाजसेवी, बुद्धिजीवी, व्यावसायि, संघसंस्थाहरु तथा राजनीतिज्ञहरुबाट पनि सहयोग प्राप्त भएको फाउण्डेशनकी अध्यक्ष तथा नायिका सुकुमाया मोक्तानले जानकारी दिएकी छन् । दैलेख जिल्ला गुराँस गाउँ पालिकाको अध्यक्ष श्री खेमराज वलीले उपस्थितिमा वितरण कार्यक्रम सप्पन्न भएको हो।



प्रतिक्रिया दिनुहोस्