Logo

नयाँ कानून बनाउने प्रक्रियामा छौंः गृहमन्त्री



काठमाडौँ,२७ पुस । गृहमन्त्री रामबहादुर थापाले नेपाली जनताको स्वाधीनता, संस्कृति र पहिचानको रक्षा गर्न सङ्घीय सरकार पुराना कानून हटाएर नयाँ कानून बनाउने प्रक्रियामा रहेको बताउनुभएको छ ।

उद्योग वाणिज्य सङ्घ पर्साको ४३औँ वार्षिक साधारणसभाको आज वीरगञ्जमा उद्घाटन गर्दै गृहमन्त्री थापाले समृद्धि र विकासका लागि नयाँ कानून अपरिहार्य भएको बताउनुभयो । उहाँले नयाँ नेपालको निर्माण गर्ने लक्ष्य लिएको वर्तमान सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’को लागि सबै जातजाति, धर्मावलम्बी, भाषाभाषी एकताबद्ध भएर देश विकासमा लाग्नु पर्ने बताउनुभयो ।

उहाँले देश सङ्घीयतामा गइसकेकाले प्रदेश सरकार आआफ्नो प्रदेशको समृद्धि र विकासको लागि कानून बनाउनुपर्नेमा जोड दिनुभयो । गृहमन्त्री थापाले आर्थिक नगरी वीरगञ्जको विकासको लागि प्रदेशका जनप्रतिनिधिले आफ्नै कानून बनाउनुपर्ने बताउनुभयो । गृहमन्त्री थापाले राष्ट्रिय गौरवका आयोजना समयमै पूरा गर्न केन्द्रीय सरकारको ध्यानाकर्षण गराउन आग्रह गर्नुभयो ।

उद्योग वाणिज्य सङ्घ पर्साका अध्यक्ष ओमप्रकाश शर्माको सभापतित्वमा भएको सो उद्घाटन कार्यक्रममा पर्सा क्षेत्र नं १ का प्रदेशसभा सदस्य प्रदीप यादव, वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगी, नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का पोलिटब्यूरो सदस्य नागेन्द्र चौधरीलगायतले समृद्ध र विकसित देश बनाउन केन्द्रीय सरकार कठिबद्ध हुनुपर्नेमा जोड दिनुभएको थियो ।रासस



प्रतिक्रिया दिनुहोस्