Logo

खेलकूदलाई जीवनको अभिन्न अङ्ग बनाउनु पर्छ: सभापति घर्ती



नेपालगञ्ज, २८ पुस । प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य, युवा तथा खेलकूद संसदीय समितिका सभापति जयपुरी घर्तीले खेलकूदलाई सबैले जीवनको अभिन्न अङ्ग बनाउनु पर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय खेलकूद विज्ञान प्रतिष्ठान र क्षेत्रीय खेलकूद विकास समितिको आयोजनामा शुक्रबार प्रशिक्षक प्रशिक्षण कार्यक्रम उद्घाटनका क्रममा उहाँले खेलकूदलाई राजनीतिबाट सधैँ टाढा राख्न सकिएमा मात्र खेलकूदका गतिविधिलाई व्यवस्थित बनाउन सकिन्छ भन्नुभयो ।

नेपालगञ्जमा हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई दृष्टिगत गरी आयोजना गरिएको सो प्रशिक्षणमा जर्मनीमा रहनुभएका नेपालीमूलका प्रशिक्षक तीर्थराज वली, केन्द्रीय राष्ट्रिय खेलकूद परिषद्का प्रशिक्षक नवीन उप्रेती र जयन्त शर्मालगायतले प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको छ । तीन दिनसम्म चल्ने प्रशिक्षणमा ५० जनाको सहभागिता रहेको छ ।

नेपालगञ्जमा पृथ्वीजयन्ती

दुइसय सन्ताननब्बेऔँ पृथ्वी जयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० बाँकेले नेपालगञ्जमा शुक्रबार जुलुस र कोणसभा आयोजना ग¥यो ।

स्थानीय बागेश्वरी मन्दिरबाट शुरु भएको बाजागाजासहितको जुलुस बजार परिक्रमापछि त्रिभुवनचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा राप्रपाका केन्द्रीय नेताहरु प्रेमबहादुर भण्डारी, डा धवलशम्शेर राणा र ऋषि देवकोटालगायतले राष्ट्रको एकीकरणमा पृथ्वीनारायण शाहले पु¥याउनुभएको योगदान चीरस्मरणीय रहने उल्लेख गर्नुभयो ।

पृथ्वीजयन्तीकै अवसरमा नेपालगञ्ज उपमहानगरपालिकाकाले आप्mना मातहतका सरकारी कार्यालय, शिक्षण संस्था र वडा कार्यालयमा सार्वजनिक बिदा दिए पनि नेपाल कम्युनिष्ट पार्टीबाट प्रतिनिधित्व गर्ने १० वडा जनप्रतिनिधिले विदाको अवज्ञा गरेर वडा कार्यालय खुलै राखेका थिए । रासस



प्रतिक्रिया दिनुहोस्