Logo

आर.आर स्ववियुद्धारा सङ्कलित राहत अग्नी पीडितलाई प्रदान



काठमाडौं, २९ पुस । रत्न राज्यलक्ष्मी क्याम्पस आरआरको स्वतन्त्र विद्यार्थी युनियनको पहलमा कालिकोटका अग्नी पीडितका लागि संकलन गरिएको र राहत रकम वितरण गरिएको छ । राजधानीमा आर आर स्ववियु र ठमेलका व्यवसायीबाट संकलित २ लाख ४० हजार रुपैयाँ राहत रकम घटनास्थल पुगेर पीडितलाई हस्तान्तरण गरिएको स्ववियु सदस्य शिव शंकर न्यौपानेले जानकारी दिए । राहत रकमका साथ काठमाडौंबाट आर आरका शिव शंकर न्यौपाने, युवा संघका नेता एवं व्यवसायी वकिल बम सहितको एक टोली घटनास्थल पुगेको थियो ।

नेकपाका कर्णाली प्रदेश कमिटी सदस्य धनजित शाही, नेता सूर्यबहादुर शाही, विष्णु रोकाया र स्थानीय जनप्रतिनिधि र स्थानीय प्रशासनका प्रतिनिधिको उपस्थितीमा पीडित परिवारलाई राहत हस्तान्तरण गरिएको नेता सदस्य न्यौपानेले बताए । उनका अनुसार २१ परिवारलाई १० हजार र २ परिवारलाई १५ हजारका दरले राहत रकम प्रदान गरिएको छ।

सभापति शाही द्वारा खुशी व्यक्त

यसैबीच आर आर क्याम्पसका स्ववियु सभापति तपेन्द्र जङ्ग शाहीले आफ्नो नेतृत्वमा संकलन भएको राहत पीडित समक्ष पुग्दा खुशी लागेको बताएका छ्न । उनले भने कालिकोटको त्यो विकट बस्तीमा भएको दुस्खद घटनाका पीडितलाई भनेर उपत्यकाका विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थले एक दिनको खाजा खर्च कटाएर पठाएको रकम पीडिको हातमा पुग्दा म खुशी छु ।

हामी विद्यार्थीले त्यति धेरै सहयोग गर्न नसकेपनी पीडितको घरमा अलिकति भए पनि राहत होस भन्ने हेतुले उक्त रकम संकलन गरेका हौं । उनले भने,‘त्यो क्षेत्रमा रहेका विद्यार्थी र तिनका अभिभावक लाई केहि हदसम्म भएपनी राहत महसुस भएको मैले बिश्वास लिएको छु । गत पुस ८ गते राती पलाँता गाउँपालिका १ खाडामा आगो लाग्दा आर आर क्याम्पसमा अध्ययनरत विद्यार्थीका घर सहित ८७ घर जलेर नष्ट भएका थिए।’



प्रतिक्रिया दिनुहोस्