Logo

‘कुली नम्बर वान’ को रिमेकमा वरुण र सारा



काठमाडौं, २९ पुस । वरुण धवन अहिले बलिउडका सर्वाधिक डिमान्डिङ अभिनेता मध्येका एक हुन् । यस्तै न्यूकमर्स एक्ट्रेसेस मध्येकी एक सारा अली खानले पनि आफ्नो दुई फिल्मबाट बक्सअफिसमा सफलताको झण्डा गाड्न सफल भइन् । अब वरुण र सारा अली एकसाथ पर्दामा देखिने भएका छन् ।

केही महिना अगाडि साराको डेब्यु फिल्म केदारनाथ र हालै सिम्बा सुपरहिट भयो । डिएनएको एक न्यूज रिपोर्टका अनुसार, सारालाई सुपरहिट फिल्म ‘कुली नम्बर वान’ को रिमेकका लागि वरुणको अपोजिटमा कास्ट गरिएको छ । कमेडी जनराकोे मूल फिल्ममा करिश्मा कपूर र गोविन्दा लिड रोलमा थिए ।

वरुण धवन र सारा अली खानको उक्त फिल्मलाई निर्देशक डेविड धवनले निर्देशन गर्नेछन्, मूल फिल्मको निर्देशन पनि उनैले गरेका थए । द वन इन्टरटेनमेन्टको ब्यानरमा फिल्म बन्न लागेको हो । यो रिमेक फिल्ममा नयाँ जोडीको खोजी भइरहेको थियो र डेविडलाई लाग्यो कि सारा यसका लागि फिट हुन्छिन् ।

खबरअनुसार, सारालाई यो फिल्मका लागि उनको पहिलो फिल्म केदारनाथ भन्दा अगाडि नै अप्रोच गरिएको थियो । यो रिमेक फिल्ममा पुरानो कहानीलाई मोर्डनाइज गरेर देखाइनेछ । तर, जहाँ सारा अली खान, करिश्मा कपूरको भूमिका निभाउनेछिन् त्यहाँ खबर यो छ कि उनको भूमिकामा केही बदलाव हुन सक्नेछ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्