काठमाडौं,२९ पुस ।राष्ट्रपति विद्या देवी भण्डारीले नेपालको सांस्कृतिक पर्यटन क्षेत्रको बिकास र विस्तारमा मारवाडी समूदायले अतुलनीय योगदान दिएको पनि बताएकी छन ।मारमाडी महिला मञ्च, काठमाडौंद्वारा आज आयोजित रजत जयन्ती महोत्सव कार्यक्रमलमा सम्बोधन गर्दै उनले मारवाडी समुदायले समाज सेवाको क्षेत्रमा दिएको योगदानबाट प्रेरित भएर परोपकारको क्षेत्रमा अझै सक्रियताका साथ योगदान दिन पनि समाजका विभिन्न क्षेत्रमा कार्यरत सामाजिक संघ, संस्थाहरुलाई आग्रह गरेकी थिईन ।
तीर्थयात्रीहरुका लागि निःशुल्क भोजन, पानी, औषधिउपचार गराएर मारवाडी समुदायले पुण्य कमाएको पनि उनले उल्लेख गरेकी छन। राष्ट्रपतिले गरिव तथा जेहन्दार छात्रछात्रालाई छात्रवृत्तिको व्यवस्था तथा धर्मशाला स्थापना गरेर तीर्थयात्रीहरुलाई सहज आवासको व्यवस्था गरेर मारबाडी समुदायले समाज सेवाको क्षेत्रमा उदाहरणीय काम गरेको पनि जानकारी गराएकी छन।
फोटोः मुकु्न्द कालिकोटे