Logo

राप्रपाले घरदैलो कार्यक्रम सञ्चालन गर्ने



काठमाडौँ, २९ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी माघ ७ र ८ गते देशभर घरदैलो कार्यक्रम सञ्चालन गर्ने भएको छ ।  सम्पूर्ण नेपालीको घरमा पार्टीको एजेण्डा पु¥याउने उद्देश्यले घरदैलो कार्यक्रमको आयोजना गरिएको अध्यक्ष कमल थापाले बताउनुभयो । मुलुकमा व्याप्त भ्रष्टाचार, हत्या, हिंसा, बलात्कार, अपहरण, महङ्गी अन्त्यका लागि घरदैलो कार्यक्रम गर्न लागिएको उहाँले बताउनुभयो ।

“जनतालाई विभिन्न प्रलोभन देखाएर धर्म परिवर्तन गराउने प्रचलन बढ्दै गएको छ, त्यसैले घरदैलो कार्यक्रम आवश्यक छ,” अध्यक्ष थापाले भन्नुभयो । उहाँले धर्म निरपेक्षको फोहरलाई सफा गरेर राजनीतिक तवरबाट नै हिन्दू राष्ट्र पुनःस्थापना गराउनुपर्ने भएकाले पार्टीले हिन्दू राष्ट्रलाई मुख्य एजेण्डा बनाएको स्पष्ट पार्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्