Logo

अमेरिकी शहरमा फक्सवागेन



काठमाडौँ,२ माघ । जर्मन कार कम्पनीले अमेरिकी शहरहरू चटनुगा र टेनिसीमा आफ्नो विद्युतीय गाडी उत्पादन प्लान्टलाई बिस्तार गर्ने जनाएको छ ।

फक्सवागेनले उक्त क्षेत्रमा करिब ८० करोड अमेरिकी डलरको लगानीमा बिस्तार गर्ने प्लान्टबाट थप एक हजार जनालाई रोजगारी दिइने कम्पनीद्वारा सोमबार गरिएको प्रदर्शनीका क्रममा जानकारी गरिएको छ ।जर्मन गाडी कम्पनीले अमेरिकामा विद्युतीय गाडीको उत्पादन बढाउने घोषणालाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्रसंशा गर्नुभएको छ ।

ट्रम्पले मङ्गलबार गरेको ट्वीटमा भन्नुभएको छ, “चटनुगा तथा टेनिसीलाई नयाँ रोजगारीको अवसर पाएकोमा बधाइ । यो हाम्रो सफलता हो । रोजगारीको अबसर ल्याएकोमा कम्पनीलाई धन्यवाद ।” एजेन्सी



प्रतिक्रिया दिनुहोस्