Logo

मैले लिएको जोखिम लिनैपर्ने थियो, गुमाउनुपर्ने केही थिएन



काठमाडौँ,२ माघ । कुवेतबाट थाईल्यान्ड हुँदै शरण लिन क्यानडा पुगेकी साउदी युवती रहफ मोहम्मदले आफू स्वतन्त्र जीवनका लागि परिवारबाट भागेको र त्यो जोखिम आफ्नो हितका लागि लिनै पर्ने काम भएको बताएकी छन् ।

दुई हप्ताअघि १८ वर्षीया मोहम्मदलाई थाई अध्यागमन अधिकारीहरूले नियन्त्रणमा लिएका थिए । स्वदेश फिर्ता पठाउन खोज्दा उनले विमानस्थलस्थित होटलको कोठा थुनेर घर नजाने अडान लिएकी थिइन् । परिवारले आफूसँग दुव्र्यवहार गरेको आरोप लगाउँदै उनले घर फिर्ता गए आफ्नो हत्या हुन सक्ने बताएकी थिइन् । एजेन्सी संगको कुरामा उनले भनिन् , “मैले लिएको जोखिम लिनैपर्ने थियो । मैले गुमाउनुपर्ने केही थिएन ।”

“हामीलाई एउटा वस्तुसरह, दाससरह व्यवहार गरिन्छ,“ उनले भनिन्, “म मानिसहरूलाई आफ्नो कथा र साउदी महिलासँग कस्तो व्यवहार हुन्छ त्यो भन्न चाहन्थेँ।“ परिवारसँग कुवेत गएको बेला उनी विमान चढेर भागेकी थिइन् । उनका अनुसार उनीसँग अस्ट्रेलियाको प्रवेशाज्ञा थियो र उनी ब्याङ्कक हुँदै त्यता जान चाहन्थिन्। तर विमानबाट ओर्लिँदै गर्दा एक साउदी कूटनीतिज्ञले आफ्नो राहदानी खोसिदिएको उनको दाबी थियो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्