जनकपुर, २ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीले प्रदेश २ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिटको घटना आपत्तिजनक रहेको बताएका छन् ।
नेपाल प्रेस युनियन धनुषाले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै काँग्रेसका केन्द्रीय सदस्य समेत रहेको जोशीले कर्मचारीलाई कुट्दैमा संघीयता सफल नहुने जिकिर गरे । उनले संघीयतालाई धरापमा पार्न प्रदेश र संघीय सरकार लागिपरेको बताए ।