Logo

स्वस्तिमाको ‘बुलबुल’ ट्रेलर रिलिज



काठमाडौं, ०२ माघ । नायिका स्वस्तिमा खड्का स्टार फिल्म ‘बुलबुल’ को अफिसियल ट्रेलर युटुवमा रिलिज भएको छ । माघे सङक्रान्तीको अवसर पारेर फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।  यसमा स्वस्तिमा एक टेम्पो ड्राइभरको भूमिकामा छिन् । फिल्मले एक महिला टेम्पो ड्राइभरको नदेखिएको जीवनको भित्री पाटोलाई देखाउन खोजेको ट्रेलरबाट अनुमान गर्न सकिन्छ ।

निर्देशक विनोद पौडेलले बजार र आफ्नो रुचि दुवै कुरालाई मिलाएर ट्रेलरमा प्रस्तुत गर्ने जमर्को गरेको बताए । ट्रेलरमार्फत् आफूले फिल्मको बनौट, कलाकारको अभिनय र कलाको संयोजन प्रस्तुत गर्न खोजेको उनको दाबी छ ।

अविरल थापा निर्मित फिल्ममा बुद्धि तामाङ, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, एलिना कार्की आदि कलाकारहरुको पनि अभिनय रहेको छ । सुसन प्रजापतिको छायांकन रहेको फिल्मलाई विनोद पौडेलले लेखेका हुन् । फिल्मलाई पुरुषोत्तम पाण्डे, अबिरल थापा, भिम थापा र राजु पौडल मिलेर बनाएका हुन् ।

रामराजा दाहाल फिल्मका कार्यकारी निर्माता हुन् । फिल्म भ्यालेन्टाइनको अवसर पारेर फागुन ३ गतेबाट देशभर लाग्दैछ । फिल्मले केही दिनअघि फिल्मकी मुख्य अभिनेत्री स्वस्तिमा खड्कालाई दोहोरो भूमिकामा प्रस्तुत गरेको भिडियो सार्वजनिक गरेको थियो । फिल्मको खुद्रा खाद्री माया बोलको गीत अहिले चर्चामा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot