Logo

प्रख्यात गुण्डा नाइकेको नामले चिनिएका मनाङ्गे चलचित्र निर्माण गर्ने



काठमाडौं, २ माघ । प्रख्यात गुण्डा नाइकेका नामले चिनिएका दिपक मनाङ्गेले चलचित्र निर्माण गर्ने भएका छन्। सोसल कथामा निर्माण गरिने यस चलचित्रको नाम र कलाकारहरु अहिलेनै फाइनल नभएको चलचित्र निर्माणपक्षले जनाएको छ। चलचित्रलाई ‘तिमी सँग’का निर्देशक शिशिर राणाले निर्देशन गर्दैछन्। बुधबार मनाङ्गेसहित अन्य निर्माताले निर्देशकको रुपमा शिशिरलाई चलचित्र साइन गराएका हुन्।

प्रि-प्रोडक्सन भित्र १ गीत रेकर्ड भैसकेको यस चलचित्रलाई रेड बर्ड प्रोडक्सनले निर्माण गर्नेछ। चलचित्रका प्रस्तुतकर्ता श्यामबहादुर थापा रहनेछन् भने कार्यकारी निर्माताको रुपमा रघु परियार र किरण नेपाली छन् । यसअघी यी दुई निर्माताले ‘बिरंगना’ र ‘डोली’ नामक चलचित्र निर्माण गरिसकेका छन् । निर्देशक राणाले भने,‘चलचित्रको स्क्रिप्ट पनि लगभग अन्तिम चरणमा छ तर कलाकार भने अहिले नै तय भैसकेको छैन अब कलाकार पनि केही दिनमा फाइनल गर्नेछौ ।’

विवाह पछाडीको प्रेम भएकाले यस चलचित्रमा अलि पाको उमेरको कलाकारहरु खोजिरहेका छौँ ।’ राणाले थपे। आगामी चैत महिनाको अन्तिम साताबाट छायाँकन सुरु गर्ने यस चलचित्रको केहीदिनमा नै पत्रकार समेलन गरेर थप जानकारी दिने चलचित्र निर्माणपक्षले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot