Logo

माघे सङ्क्रान्ति मेला दजाकोटमा शुरु



कौरव खत्रीः गुल्मी ०२ माघ । गुल्मीको दजाकोटमा विविध कार्यक्रमहरु सहित मंगलवारदेखि माघेसंक्रान्ती मेला शुरु भएको छ । नेपाल मगर संघ मुसिकोट नगरपालिका ४ दजाकोटको आयोजना गरेको माघेसंक्रान्ती मेलाको उदघाटन गदै प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रीय सदस्य एवं सल्लाहकार बालसिंह काउछाले देशका विभिन्न समयमा भएका आन्दोलनहरुमा जनजातीहरुको भूमिका महत्वपूर्ण रहेको बताए ।

साथै काउछाले मगरहरुका हक अधिकार र सचेतनाका लागि गुल्मीले विभिन्न अगुवाई र थालनी गरेको भन्दै सबै जातजातीहरुका हक अधिकार स्थापित हुनुपर्नेमा जोड दिए । साथै उनले भने दजाकोटमा अब होमस्टे सञ्चालन गरि आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउन आग्रह गदै हाम्रा कला संस्कृति भनेका मुलुका प्रतिनिधि र चिनारी भएकोले यस्ता संस्कृतिलाई सबै मिलेर बचाउनु र जर्गेना गर्नुपर्ने बताए ।

सोही अवसरमा नेपाल मगर संघ मुसिकोट नगरपालिकाका अध्यक्ष कृष्ण सुर्यबंशी शुभकामना मन्तव्य राखेको थिए । साही अवसरमा मुनपा ४ का वडाअध्यक्ष ओम बहादुर केसी,मुनपाका सामाजिक विकास समिति सदस्य हरि छन्त्याल,नेपाल पत्रकार महासंघ गुल्मीका सदस्य कौरव खत्री,नेपाल सनदेश डटकमका प्रधान सम्पादक रामकृष्ण कंडेल,त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक राम बहादुर थापा लगायतको सहभागिता रहेको थियो ।

अवसरमा मगर संस्कृति झल्किने विभिन्न सोरठी,सालैजो लगायत राष्ट्रिय कलाकार दिपक परियार, सोना श्री लगायत स्थानीय कलाकारहरुको साँस्कृतिक प्रस्तुती राखेका थिए । भने कार्यक्रमलाई आर्थिक सहयोग गर्ने सहयोगीहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रम नेपाल मगर संघ मुसिकोट नगरपालिका ४ दजाकोटका अध्यक्ष दुर्गा बहादुर राकसकोटीको अध्यक्षता तथा नेपाल मगर संघ मुसिकोट नगरपालिका ४ दजाकोटका सचिव सूर्य बहादुर राकसकोटीको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन भने समाजसेवी चुरा बहादुर छन्त्यालले गरेका थिए ।

“आफ्नै भाषा,कला संस्कृति,आफ्नै पहिचान संरक्षण प्रर्वद्धन र विकास हाम्रो अभियान” भन्ने मुल नारा सहित २०७३ सालमा स्थापना भएको नेपाल मगर संघ दजाकोटले माघेसंक्रान्ती पर्वका अवसरमा माघेसंक्रान्ती मेला सञ्चालन हुदै आइरहेको छ माघेसंक्रान्ती मेला आजसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot