Logo

मौरी मर्न थालेपछि अर्गानिक तरकारी खेती



हरिश चन्दः डडेल्धुरा २ माघ । मौरी मर्न थालेपछि डडेल्धुराको आलिताल गाउँपालिकाका किसान अहिले अर्गानिक तरकारी गर्न थालेका छन् । मौरीपालनको पकेट क्षेत्रका रुपमा रहेको आलिताल गाउँपालिकामा विषादीको प्रयोगा कारण मौरी मर्न थालेपछि यहाका किसान अर्गानिक तरकारी खेती गर्न थालेका हुन् ।

तरकारी खेतीमा बिसादी प्रयोगका कारण मौरीहरुमा मर्न थालेपछि बिसादी रहित बाउन कृषक पाठशाला खोलिएको छ । जहाँ रहेक दिन मौरी बजाउन बिषयमा कृषक कृषकहरु बिच छलफल गर्ने गर्दछन् । स्थानीयहरुले गाउँमा बिषादीमुक्त बनाउन समुह माफर्त कृषक पाठशाला वनाई सिक्न थालेका छन् ।

आलिताल गाउँपालिकामा जिल्लाकै सबै भन्दा धेरै मह उत्पादन हुने गर्दछन् । तरकारी उत्पादन गर्दा कृषकहरुले बिभिन्न बिषादी प्रयोग गर्ने गरेका कारण मह उत्पादन र तरकारी उत्पादनमा पछिल्लो समयमा ह्रास आएपछि घरमै उत्पादन भएको कम्पोष्ट मल प्रयोग संगै तरकारी उत्पादनमा बृद्धि भएको अग्रज कृषक शंकर धामिले जानकारि दिनुभयो । उनले भने पछिल्लो केहि वर्ष यता मौरी मर्न थाले पछि यहाका सवै कृषक कम्पोष्ट मलको प्रयोग गदै आएका छन ।

मौरिपालनका लागि यो आलिताल गाउपालिकामा उचित मौसम प्रयाप्त जंगलभएका कारण पनि यौ क्षेत्रमा मौरि वस्न मनपराउछन उनले जानकारि दिनु भयो । त्यस्तौअर्का कृषक राधिका धामीले भने ५०वटा घार थियो अहिले २५ वटा घारमात्र छ २५ वटा घारका मौरि मरेपिछ मह उत्पादनमा कमि भएकोले यि २५ गुनासो पोखिन । मह उत्पादनको मुख्य क्षेत्र रहेको आलिताल क्षेत्रका वासिन्दा केहि वडाका स्थानिय अन्य काम छोडर पनि मह उत्पादन मुख्य पेशानै रहेको स्थानिय रमेश धामीको भनाईरहेको छ ।

गाउँपालिकाले पनि बिषादी प्रयोगका कारण मौरी मर्न थालेपछि रोक्ने निर्णय गरेको छ । अर्गानिक तरकारी उत्पादन हुन थालेपछि तरकारीको माँग वढेको समेत किसानले वताएका छन् । पर्यटकिय हिसावले मुख्य तालकाृ रुपमा रहेको तालमा समेत विषदि प्रयोगमा रोक लगाएको आलिताल गाउपालिकाका अध्यक्ष वल वहादुर गरुङ्गले जानकारि दिनु भयो । आलितालमा आलिताल गाउँपालिकाका किसान मौरीपालनवाट वर्षेनि लाखौ रुपैयाँ आम्दानी गर्ने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्