Logo

परशुराम महोत्सवमा भारतबाट पाँच हजार पर्यटक भित्रिए



हरिश चन्दः डडेल्धुरा २ माघ । ‘साँस्कृतिक पर्यटनको विकास, समृद्ध नगरको आधार’ भन्ने मुल नाराकासाथ परशुरामधाम महोत्सवको आयोजना भएपछि भारतबाट मात्रै पाँच हजार बढी पर्यटक भित्रिएका छन् । पौष ३० देखि माघ ८ गतेसम्म हुने ‘परशुराम धार्मिक, पर्यटन महामहोत्सव २०७५’ अवसरमा भित्रिएका पर्यटकले परशुराम धामको आन्तररिक तथा बाह्य गरी एकलाख जतिले स्नान, दर्शन गरेको समेत आयोजकले जनाएको छ ।

पर्यटकलाई महाकालि नदि तर्न समस्या भएकोले पनि सोचे भन्दा वढी पर्यटक नआएको समेत जनाएकोछ । पर्यटकलाई नेपाल आउनका लागि महाकालि नदिमा पुल नभएका कारण समस्या आएको हो । भारतका विभिन्न ठाँउवाट कुमाउ गडवाल, टनकपुर उत्तराखण्ड लागायत ठाउवाट आउने पर्यटकले नेपाल शुन्दर भएकाले थप विकास गर्न पर्ने समेत जरुरि देखिन्छ ।

यि पर्यटकत डुङगामा आएका हुन पुल भएपछि दर्शन गर्ने पर्यटकले धित्रिमधेशको मुहानै फेरिने परशुराम धामका संयोजक कैलाश पाण्डेयले जानकारि दिनुभयो । उनले भने पर्यटकलाई मात्रै भित्राउने हो भने भित्रि मधेश पर्यटकले समृद्धि हुनसक्छ ।

महाकालि नदिमा पुल आवश्यक रहेकोले सरकारलाई पुल वनाउनालाई दवाव दिने समेत जनाएको छ । श्यामा (महाकाली) र एला (रंगुन) नदीको संगममा रहेको यस तीर्थमा भृगुवंशी महर्षि जमदग्नि र रेणुका पुत्र परशुरामले तपस्या गरेको विभिन्न पुराणहरुमा वर्णन गरिएको छ ।

एला र श्यामाको संगममा जमदग्नि पुत्र परशुरामको आश्रय रहेको स्कन्दपुराणमा उल्लेख गरिएको छ । हैयेय वंशी क्षत्रीहरुले पिता जमदग्निको हत्या गरी कामधेनु गार्य अपहरण गरेको र आततायी क्षत्रीयहरुको अत्याचार कम गर्न क्षत्रीय विनास गरेपछि सरयूश्यामा नदीमा स्नान गरेको पुराणमा उल्लेख छ ।

परशुराम तीर्थमा स्नानको निकै ठूलो महत्व रहेको छ । गंगास्नानको समान पुण्य प्राप्त हुने पौराणिक मान्यता छ । त्यसमा पनि मकर स्नान अर्थात् माघ स्नानको निकै ठूलो महत्व रहेको छ । स्नानसँगै पितृ कार्य, देव पूजन, यज्ञयज्ञादि विधिपूर्वक गर्ने गरिन्छ । यज्ञादिसँगै विवाह, व्रतबन्ध आदि संस्कार र अनुष्ठान गर्ने गरिन्छ । रथ पूजनको विशेष महत्व रहेको छ ।

चार धाममध्येको एक मानिने परशुराम धामलाई देश तथा विदेशमा प्रचारप्रसार गर्ने उद्देश्यले महामहोत्सव गर्न लागिएको आयोजनक परशुराम नगरपालिकाका नगरप्रमुख एवं परशुराम धार्मिक, पर्यटन महामहोत्सव २०७५ का संयोजक भीमबहादुर साउदले जानकारी दिए ।

“परशुराम भगवानलाई विष्णुको छैटौँ अवतारका रुपमा लिइन्छ । भगवान परशुरामले यही क्षेत्रमा तपस्या गरेको र यसै क्षेत्रमा उहाँहरु पनि जन्म भएको स्कन्द पुराणमा उल्लेख छ,” नगरप्रमुख साउँदले भने, “यो क्षेत्र ओझेलमा परेको छ ।

यसको महत्वलाई देश विदेशमा चिनाउन महामहोत्वसको आयोजना गर्न लागिएका हो ।” आठ दिन सम्म संञ्चालित हुने उक्त महामहोत्सवमा ५लाख भन्दा आन्तरिक तथा बाह्य पर्यटकले दर्हन गर्न आएने समेत परशुराम नगरपालिकाका मेयर भिम बहादुर साउदले जानकारि दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot