Logo

ब्रह्मानन्दमको मुटुको शल्यक्रिया सम्पन्न



काठमाडौँ,३ माघ । दक्षिण भारतीय फिल्महरुमा हास्यकलाकार रहेका ब्रह्मानन्दम कन्नेगन्तीको मुटुको शल्यक्रिया सम्पन्न भएको छ। मुम्बईस्थित एसियन हार्ट इन्स्टिच्युटमा उपचार गराई रहेका उनलाई अचानक श्वासप्रश्वासमा समस्या आएपछि छोराहरुले तुरुन्तै अस्पताल पुरयाएका थिए ।

स्वास्थ्य परीक्षणमा मुटुमा समस्या देखिएपछि उनको सर्जरी गरिएको भारतीय संचार माध्यमहरुले बताएका छन । चर्चित मुटु सर्जन रामाकान्त पान्डाले उनको शल्यक्रिया गरेको जनाइएको छ । शल्यक्रिया पछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको र निगरानीको लागि अझै केही दिन अस्पतालमा राखिने उनको परिवारीक श्र्रोतले जनाएको छ ।

पद्मा श्री अवार्डबाट सम्मानित ब्रह्मानन्दमले १९८५ देखि आफ्नो अभिनय यात्राको सुरुवात गरेका थिए ।एक हजार भन्दा माथी फिल्महरुमा अभिनय गरिसकेका उनले गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा समेत सबैभन्दा धेरै फिल्म खेल्ने कालकारको रेकर्ड बनाई सकेका छन । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot