Logo

देउवा निवास घर्ने पुगे नेविसंघ नेता तथा कार्यकर्ता



काठमाडौं, ३ माघ । नेपाल विद्यार्थी संघ (नेविसंघ) को म्याद थपिएको विरोधमा नेविसंघका नेता/कार्यकर्ताहरुले कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकन्ठमा घेराउ तथा धर्ना दिएका छन् ।

मोटरसाइकल र्‍यालीसहित देउवा निवास बुढानीलकण्ठ पुगेका नेता–कार्यकर्ताहरुले माघ २ गतेबाट सकिएको नेवि संघ केन्द्रिय समितिको कार्यकाल थप गरेकोमा विरोध जनाएका हुन । नेवि संघका नेताहरु दिपक भट्टराई, बामदेव अधिकारी, मनोज बैद्य, प्रदिप शर्मा, भोला नेपाललगायत काठमाडौं उपत्यका भित्रका क्याम्पस इकाइ सभापति, स्ववीयू सभापति साथै नेता–कार्यकर्ताहरु देउवा निवास पुगेका थिए ।

विद्यार्थी भीड बढेपछि देउवा निवासमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो । धर्नामा पुगेका विद्यार्थी नेता कार्यकताहरु अधिकांश पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल निकटका छन् ।

विधानअनुसार बुधबार राति १२ बजेपछि नेविसंघको म्याद थियो सकिएको छ । तर तत्कालका लागि सोही कार्यसमितिलाई निरन्तरता दिएको बताइन्छ । देउवालेआफूले छिट्टै निर्णय लिने वचन दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्