Logo

नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानले अन्र्तराष्ट्रिय चलचित्र महोत्सवको आयोजना गर्ने-फोटोफिचर



काठमाडौँ,३ माघ । नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानले अन्र्तराष्ट्रिय चलचित्र महोत्सवको आयोजना गर्ने भएको छ । काठमाडौँ महानगरपालिकाको सह– आयोजना तथा नेपाल सरकार चलचित्र बिकास बोर्ड र पर्यटन बोर्डको सम्बद्र्धकमा कार्यक्रमको आयोजना गरिने जानकारी गराइएको छ ।

संसारभरीका कथाहरुको उत्सव मनाउने उद्देश्यले ‘सेलिब्रेसन अफ न्यारेटिभ’को नारासहित आयोजना गर्न लागिएको बिहिवार नेृपाल पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । नेपाली चलचित्रलाई अन्र्तराष्ट्रिय स्तरमा चिनाउने उदेश्यकासाथ चलचित्र महोत्सव गर्न लागिएको अध्यक्ष के पी पाठकले बताएका छन ।

महोत्सवमा विभिन्न राष्ट्रका उत्कृष्ट चलचित्रहरुको प्रर्दर्शनका साथै बिभीन्न बिषयमा केन्द्रीत भएर गहन छलफल गर्ने कार्यक्रम रहेको छ ।विभिन्न ३१ राष्ट्रका ५९ चलचित्र मध्ये नेपालका मात्र १६ चलचित्र समावेश रहेका छन । महोत्सवमा समावेश गरिएका विदेशी चलचित्रहरु मध्ये ३१ वटा शर्ट फिल्म रहेका छन भने ६ वटा फिचर फिल्म रहेको जनाईएको छ । नेपाली चलचित्रहरुमा भने ६ वटा फिचर र १० वटा शर्ट फिल्म रहेको बताइएको छ । नेपालले अन्र्तराष्ट्रिय सहकार्यमा बनाएका दुई वटा शर्ट फिल्महरुपनि महोत्सवमा समावेश गरिएको छ ।

महोत्सवमा समावेश गरिएका चलचित्रहरु मध्ये सर्वाेत्कृष्ठ फिचर फिल्मलाई ट्रफी र नगद एक हजार डलर बरावरको नगद र गौतम बुद्ध अवार्ड प्रदान गरिने छ भने शर्ट फिल्मलाई पाँच सय डलर नगद सहित माउन्ट एभरेष्ट अवार्ड प्रदान गरिने छ ।नेपाल पानोरमा अन्र्तगतको प्रतिस्पर्धामा रहेका चलचित्रहरुमध्ये उत्कृष्ठ फिचर फिल्मलाई नगद रु ५० हजार र ट्रफी,उत्कृष्ठ शर्ट फिल्मलाई पञ्चीस हजार र ट्रफी प्रदान गरिने जानकारी गराइएको छ ।पाँच दिनसम्म चन्ने उक्त महोत्सव फाल्गुन ९ गते देखि १३ गतेसम्म सभागृह र नेपाल पर्यटन बोर्डको परिसरमा हुने जानकारी गराइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot