Logo

पत्रकार सुमन अधिकारी पक्राउ



काठमाडौं, ३ माघ । अनलाइन पत्रकार सुमन अधिकारी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले मिसु मिडिया प्रा.लि. अन्तर्गत क्यापिटल हेडलाइन डटकमका रिपोर्टर अधिकारीलाई बिहीबार काठमाडौंको नयाँ बजारबाट पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी धिरज प्रताप सिंहले जानकारी दिए ।

विवेकशिल नेपाली पार्टीकी नेतृ रञ्जु दर्शना (न्यौपाने)को चरित्र हत्या गर्नेगरी समाचार साभार गरी प्रकाशन गरेको भन्दै उनलाई पक्राउ गरेको हो । अपराध महाशाखाले यसअघि दर्शनाकै बारेमा भ्रमपूर्ण समाचार प्रकाशन गर्ने मुक्ति खबर डटकमका श्याम रोक्कालाई पक्राउ गरेर मुद्दा चलाएको थियो ।



प्रतिक्रिया दिनुहोस्