Logo

विरालो मार्ने ट्याक्सी चालकलाई दुई बर्षको जेल सजाय



काठमाडौँ,३ माघ । मलेसियाको एक जना ट्याक्सी चालकलाई अदालतले दुई बर्षको जेल सजायको फैसला गरेको छ ।गर्भवती भएको विरालोलाई मारेको अभियोगमा अदालतले बिहीबार ती चालकलाई जेल सजायको फैसला गरेको अधिकारीहरुले जनाएका छन् ।

जनवर अधिकारवादी कानुन व्यवसायी ए। मोहनराजले अनावश्यक रुपमा चालकले विरालोलाई मारेको अभियोग लगाउदै कारबाहीको माग गर्नुभएको थियो ।क्वालालमपुरदेखि बाहिर रहेको कपडा धुने ठाउँमा गत सेम्टेम्बरमा घटना भएको बेर्नामा समाचार संस्थाले जनाएको छ ।

विरालोको हत्या सम्वन्धी दृश्य सिसिटिभीमा खिचिएको थियो र त्यो सामाजिक सञ्जालहरुमा भाइरल भएको थियो । घटनामा दुई व्यक्ति संलग्न थिए ।एक जना महिलाले मारिएको त्यो विरालोको शव प्रहरी कार्यालयमा लगेर उजुरी दिएकी थिइन् ।

दोषी ठहर गरिएको ४२ बर्षिय मोहनराजले आफुले जानीजानी विरालोको हत्या नगरेको दावी गर्दै आएका छन् । तर उनको आग्रह र दावीलाई अस्विकार गर्दै अदालतले बिहीबार दुई बर्षे जेल सजाय सुनाएको छ ।यस्तो आरोप लागेका अभियुक्तहरुलाई बढीमा तीन बर्ष जेल सजाय गर्न सकिने कानूनी व्यवस्था भएपनि न्यायधिशहरूले दुई बर्ष तोकेका हुन् ।

अदालतको आदेश आउनु अगाडि अदालतमा उनले भनेका थिए, “मलाई पश्चाताप महशुस भएको छ, सवै मलेसियाली नागरिकसँग म यो अनुरोध गर्दछु की आगामी दिनमा मबाट यस्तो काम हुनेछैन ।” एजेन्सी



प्रतिक्रिया दिनुहोस्