Logo

अनशनरतद्धय केसी र थापा काठमाडौंमा, टिचिङ अस्पतालमा उपचार हुँदै



काठमाडौं, ४ माघ । चिकित्सा विधेयकको पक्ष र विपक्षमा माग राख्दै इलाममा अनशनरत डा.गोविन्द केसी र विद्यार्थी विजय थापाको स्वास्थ्य अवस्था थप चिन्ताजनक भएपछि दुवैलाई काठमााडौं ल्याइएको छ ।

शुक्रबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत दुवैजनाई काठमाडौं ल्याइएको हो । अहिले दुबैजनाको त्रिवि शिक्षण अस्पतालको इमरजेन्सी र आईसीयू कक्षमा उपचार भइरहेको छ ।

डा.केसीलाई अस्पतालको आईसीयू कक्षमा भर्ना गरिएको छ भने थापालाई इमरजेन्सीमा भर्ना गरिएको छ । उनीहरु दुबैजनालाई भेट्न दिइएको छैन । अस्पताल परिसरमा दर्जनौको संख्यामा प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ ।



प्रतिक्रिया दिनुहोस्