Logo

१४ औँ रेडबुल ढोरपाटन सुजुकी महिला भलिबल प्रतियोगीता हुने



काठमाडौँ, ४ माघ । काठमाडौँको नयाँ बसपार्क स्थित ढोर पाटन क्लबको खेल मैदानमा माघ ९ गतेदेखी १५ गतेसम्म १४ औँ रेडबुल ढोरपाटन सुजुकी महिला भलिबल प्रतियोगीता हुने भएको छ ।

भलिबलको महाकुम्भको रुपमा हेरीएको ढोर पाटन क्लबको आयोजनामा हुने यस प्रतियोगीतालाइ नेपाल राष्ट्रिय खेलकुद परिषद्को समन्वय,नेपाल भलिवल संधको संजोजकत्व तथा भि जि अटो मोबाइल र बि जि मल सेव स्कुलको प्रायोजन रहेको छ । प्रतियोगिता संञ्चालनकोलागि ३५ सदस्यीय मुल आयोजक समितीको गठन गरिसकेको क्लबका अध्यक्ष मनबीर छन्त्यालले जानकारी गराएका छन ।

प्रतियोगितामा प्रथम हुने समुहलाई नगद तिन लाख पचास हजार सहित गोल्ड मेडल,दोस्रोलाई दुई लाख नगद सहित सिल्भर मेडल र तेस्रोलाई एक लाख नगद सहित ब्रोन्च मेडल प्रदान गरिने त्रिप्रेश्वर स्थित खेलकुल पत्रकार मञ्चको कार्यालयमा भएको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । प्रतियोगितामा बिजयी हुने समुह क्रमश चौथोलाई ६० हजार, पाचौँलाई ४० हजार,छैठौँलाई ३० हजार र सातौ स्थानलाई २० हजार नगद सहित कप पुरुस्कार स्वरुप प्रदान गरिने जानकारी गराईएको छ ।

प्रतियोगितामा व्यक्तिगत बिधातर्फ उत्कृष्ट प्रशिक्षक,उत्कृष्ट स्पाइकर,उत्कृष्ट डिफेन्स,उत्कृष्ट ब्लकर,उत्कृष्ट सर्भर,उत्कृष्ट सटललाई जनही छ हजार प्रदान गरिने छ । त्यसैगरि स्कुटी बिधातर्फ उत्कृष्ट खेलाडी ,उदयमान खेलाडी,बर्ष खेलाडी,प्लेयर अफ द सिरिज खेलाडी र भाग्यमानी दर्शक एक जनालाई क्रमश एक थान सुजुकी स्कुटी प्रदान गरिने पनि आयोजकले जानकारी गराएको छ ।

करिव ५० लाख अनुमानीत बजेट रहेको उक्त प्रतियोगितालाई सहयोगार्थ शुभदिप गेस्त हाउसका संञ्चालक दिपक कुँवरले ३ लाख ५० हजार,परेली डिलक्सका प्रोप्राईटर इश्वर पण्डितबाट २० हजार,समाजसेवी तम ब.छन्त्यालबाट ४० हजार,भलिबल खेलाडी शान्ति तामाङबाट ३० हजार र पर्वत ग्र्रुपबाट २० हजार नगद प्राप्त भएको कार्यक्रममा जानकारी गराइएको थियो ।



प्रतिक्रिया दिनुहोस्