Logo

गायक परियार नव-गायकमा छानिए



काठमाडौं, ६ माघ । नेशनल पावर न्यूज म्यूजिक अवार्डमा ‘राप्ती कर्णाली’ बोलको लोक तथा दोहोरी गीतबाट गायक भरत परियार उत्कृष्ट नव–गायकको विधामा मनोनयनमा परेका छन् ।

पत्रकार धनराज वास्तविकको लय शब्द रहेको राप्ती कर्णाली बोलको गीत म्युजिक भिडियो निर्देशन शंकर विसिले गरेका छन् । विसी र रिना थापा मगरको नृत्य रहेको छ । गायक परियार र लोकपिय गायिका रिता केसीको समुधुर स्वर रहेको छ ।

केही दिन अघि उत्कृष्ट पाँचको मोनयन सार्वजनिक गरिएको थियो । गायक परियारले आफ्नो फेशबुकमा लेखेका छन्,‘अत्यन्तै खुसि लाग्यो नेशनल पावर न्यूज म्यूजिक अवार्डलाई धन्यवाद दिन चाहान्छु ।

मलाई उत्कृष्ट वनाउनका लागि हजुरहरूले भोट गरि दिनु होला है । भोटिङ को लागि  NPN १६४  टायप गरि ३८६८७ मा  सेन्ड गरि अमुल्य सहयोग गरि दिनुहुन हार्दिक अनुरोध गर्दछु ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot