Logo

सभागृहको बजेट नरोक्न आग्रहः सिटौला



काठमाडौँ,६ माघ । नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा निर्माण भइरहेको सभागृहको बजेट नरोक्न आग्रह गरेका छन ।

प्रेस क्लब झापाद्धारा आयोजीत पत्रकार सम्मेलनमा उनले वर्तमान सरकारले गिरिजाप्रसाद कोइराला स्मृति सभागृहको बजेट रोकेका कारण निर्माण पूरा नभएको आरोप लगाएका छन । वर्तमान प्रधानमन्त्री केपी ओली, तत्कालीन प्रधानमन्त्री सुशिल कोइराला र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले विसं २०७२ असार २८ गते सो सभागृहको संयुक्त शिलान्यास गरेका थिए ।

भद्रपुर नगरापालिका–८ मा मेची रङ्गशालाको पश्चिममा निर्माणाधीन सो सभागृह निर्माणका लागि प्रेरा शाह जेबीले रु १२ करोड ७२ लाख ६९ हजारमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार निर्माण थालिएको दुई वर्षभित्र अर्थात विसं २०७४ असार २८ गतेभित्र सभागृहको निर्माण भइसक्नुपर्ने भए पनि सभागृहको ७५ प्रतिशत काम मात्र पूरा भइसकेको बताइएको छ ।

नेता सिटौलाले सो सभागृहको निर्माण पूरा गराउन पहल गर्न पनि प्रधानमन्त्रीको ध्यानकर्षण गराएका छन । उक्त विषयमा झापा जिल्ला समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलले चालू आर्थिक वर्षभित्रै सो सभागृहको निर्माण पूरा हुने जानकारी गराए।रासस



प्रतिक्रिया दिनुहोस्