Logo

जीवन र प्रेमका गीत लेख्ने बिजिलाई कान्तिपुर नेशनल अवार्ड



काठमाडौं, ६ माघ । नेपाली लोक तथा दोहोरी क्षेत्रमा लोकप्रिय सर्जकको नाम हो रमेश बिजि । रमेश बिजिसँग कालजयी गीतहरु सृजना गर्ने अतभुत क्षमता छ भन्दा अन्यथा हुँदैन । उनको कलमले वियोगान्त तथा समयोगान्त शब्दहरुको छुद्र उत्पादन गर्दछ । वास्तविक भावमा डुबेर लेखिएका उनका सिर्जनाहरु तौलिने तराजु आजसम्म बनेको छैन । लेखाईमा गणीतिय पन भएता पनि बुझाईमा सरलीकरण छ्न् उनका सिर्जनाहरु ।

रुखो बोली नबोल निर्माया, लाईछौ बेसन, सरर पानि घट्टमा, हुरिमा दियो बलेको देख्छु, माकुरी, उड्ने चरी, तिज गीत जलेसी जमुना, जस्ता मार्मिक गीतबाट लोक प्रियता कमाएका बिजिको कलम डेढ दसकसम्म आईपुग्दा अनेकौं लोकगीत वा आधुनिक गीतका प्रतिविम्वहरु खडा गरेका छन् । बालो उमेर देखीनै सांगेतिक क्षेत्रसंग सिंगारी खेल्दै दौडिरहेको उनको यात्राले अन्ततः पारदर्शी सफलता संगालेरै छाड्यो।

१५ बर्ष देखी लोक संगीत क्षेत्रमा आफ्नो उर्जाशिल शक्ति खर्चिएर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको गरिमामय पदको कुर्सीसम्म आईपुग्दा यात्रा सहज भने पक्कै थिएन । सब्दसंग मितेरी गाँसेर तिखारिएको कलममा चतुर्‍याइँ उनको स्वभावले आज उनलाई सांगेतिक धरोहरको रुपमा बिस्थापित गरिदिएको छ।

नेपाली लोक गीत क्षेत्रका लोकप्रिय गीतकार भनेर परिचित रमेश बिजिका सृजनाहरुमा झुम्नेको संख्या हजारौं छन् । अझ भनौ उनलाई मार्गदर्शनको रुपमा लिदै अगाडि बढेका नव कलाकारहरुको ताती नै रहेको छ ।

नितान्त सिर्जनात्मक क्षमतालाई उचित मार्ग दिदै अगाडि बढी रहने क्रममा उनका सृजनाको तागतलाई उच्च कदर गर्दै प्रत्येक बर्ष विभिन्न अवार्ड द्वारा सम्मानित गरिने गरिन्छ । हालै रेडियो कान्तिपुरले नेशनल म्युजिक अवार्ड २०७५ सम्पन्न गरेको छ । उनलाई सर्बोकृष्ट गीतकारको उपाधिले सम्मान गरेको छ ।

बिजिले शब्द चरना गरेको ‘मत हजुर बनको फुल बनमै फुल्ने झर्ने’ नामक गीतबाट उक्त अवार्ड हासिल गरेका हुन् । यस अवार्ड आयोजना हुन थालेको २ बर्ष भयो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot