Logo

महानगरीय प्रहरी परिसर काठमाडौंमा नागरिक सहायता कक्ष स्थापना (फोटोफिचर)



काठमाडौं, ६ माघ । महानगरीय प्रहरी परिसर काठमाडौंमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरीले नागरिक सहायता कक्ष स्थापना गरेको हो ।

कक्षको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नागरिकसँगको सहकार्यमा सुरक्षालाई सुदृढ गर्ने उद्देश्यले नागरिक सहायता कक्ष निर्माण गरिएको जानकारी दिए । उनले आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले आफ्ना संयन्त्रहरुलाई थप मजबुत पार्ने कामलाई तिव्रता दिएको बताए ।

बलात्कारजस्ता जघन्य अपराधलाई कम गर्न प्रहरीले महिला सञ्जालहरुसँग समन्वय गर्दै काम गर्ने प्रतिबद्धता उनको थियो । महानिरीक्षक खनालले लागूऔषध दुर्व्यसनीको संंख्या बढ्दै गएकाले हाल भइरहेका सुधार केन्द्र अपुग हुने अवस्था आएकाले स्वयं प्रहरीले नै सुधार केन्द्र निर्माण गर्ने लक्ष्य राखिएको जानकारी दिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंको नागरिक सहायता कक्ष १९ लाख ५० हजार रुपैयाँको लागतमा निर्माण गरिएको हो । नेपाल बंगलादेश बैंकले कक्ष निर्माण गरी प्रहरीलाई हस्तान्तरण गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिकाले टेलिभिजनलगायत आवश्यक फर्निचरसमेत प्रहरी परिसरलाई उपलब्ध गराएको छ ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्