Logo

अध्यक्ष प्रचण्डद्धारा प्रा.डा.श्रेष्ठको स्वास्थ्यावस्थाबारे जानकारी



काठमाडौँ, ६ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वाम बुद्धिजीवी प्रा डा माणिकलाल श्रेष्ठको स्वास्थ्यवस्था बारेमा जानकारी लिनुभएको छ ।

तीनदेखि स्वास्थ्यमा समस्या आएपछि प्रा डा श्रेष्ठ ललितपुरस्थित मेडीसिटी अस्पतालमा उपचारत हुनुहुन्छ । अध्यक्ष दाहालले प्रा.डा श्रेष्ठको स्वास्थ्यलाभको कामना गर्नुभएको उहाँका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिनुभयो ।

चिसोका कारण निमोनिया भएपछि प्रा.डा श्रेष्ठ अस्पताल भर्ना हुनुभएको हो । अध्यक्ष दाहालले प्रा डा श्रेष्ठको स्वास्थ्योपचारमा संलग्न चिकित्सकसँग आवश्यक परामर्शसमेत गर्नुभएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot