काठमाडौं ७ माघ । मनाङमा यस पटक पुस महिना स्थानीयको अपेक्षाअनुरुपको हिमपात भएन । चिसोले यतिबेला हिमताल सबै जमेका छन् । यहाँको तापक्रम अहिले माइनस १६ डिग्री सेल्सियससम्म मापन गरिएको छ । दिउँसोसमेत तापक्रम माइनसमा छ ।
स्थानीयका अनुसार तालमा आउने ससाना हिमनदीसमेत जमेका छन् । पानी भित्रबाट बगेको छ । माथिल्लो मनाङमा रातको समय खोलानाला जम्ने र भित्री भागबाट बग्ने गरेको छ । छेउछाउ दिउँसोसमेत जमेको हुन्छ । –कान्तिपुर दैनिकबाट