काठमाडौं ७ माघ । मेलम्ची खानेपानी आयोजनाको ठेकेदार इटालियन कम्पनी नफर्कने निश्चित भएपछि सरकारले ठेक्का सम्झौता तोड्ने प्रक्रिया सुरु गरेको छ ।
आयोजनाको काम तत्काल अघि बढाउन नयाँ ठेकेदार नियुक्तिका लागि मन्त्रिपरिषदमा प्रस्ताव लगिने भएको छ । मेलम्ची खानेपानी उपआयोजनाको ठेकेदार कम्पनी सिएमसीलाई ‘लेटर अफ टर्मिनेसन’ (एकतर्फी ढंगले ठेक्का तोडेको पत्र) पठाएर काम अघि बढाउने मन्त्रिपरिषदबाट निर्यण गर्न लागिएको हो ।
खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले मेलम्चीको ठेक्का रद्द भए बाँकी काम मन्त्रिपरिषदबाट स्वीकृत गराई नयाँ ढंगबाट अघि बढाउने दाबी गरे । यो समाचार आजको नागरिक पत्रिकाबाट लिएको हो ।