Logo

सञ्चारकर्मी बिमली सम्मानिथ



झापा, ७ माघ । नेपाल रेडक्रस सोसाइटी झापाले सञ्चारकर्मी नेत्र बिक्रम बिमली लगायत तीन जना रक्तदातालाई उत्कृष्ट रक्तदाताको रुपमा सम्मान गरेको छ । नेपाल रेडक्रस सोसाइटीको स्वर्ण महोत्सव तथा रेडक्रस कर्मी पुर्नमिलन कार्यक्रममा बिमली लगायत झापा दमकका राज कुमार श्रेष्ठ तथा भद्रपुरका तोर्ण कार्की रहेका छ्न ।

पुर्व उप-प्रधानमन्त्री तथा संविधान सभा सदस्य कृस्ण सिटौलाको प्रमुख आतिथ्य तथा झापा रेडक्रस सभापति लोकराज ढकालको सभापतित्वमा सम्पन्न समारोहमा १३० भन्दा बढी रेडक्रस कर्मीलाई सम्मानित गरिएको थियोे । सञ्चारकर्मी बिमलीले ९९ औं पटक रक्तदान गरि सकेको अध्यक्ष लोकराज ढकालले बताउनु भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot