Logo

अश्वमेध महायज्ञको भूमिपुजन सम्पन्न



काठमाडौँ,माघ ७ । नेपालमै पहिलो पटक हुन गईरहेको अश्वमेध गायत्री महायज्ञको भूमिपुजन कार्यक्रम सम्पन्न भएको छ । धार्मिक उद्देश्य मात्र नभइ समग्र नेपालको कल्याणका लागि वैज्ञानिक र अध्यात्मिक रुपले राम्रो हुने यो महायज्ञ फाल्गुन १९गते देखि २२गतेसम्म हुने छ ।यो महायज्ञको भूमिपुजन वीरगन्जको आर्दशनगर रगंशालामा सोमबार बिहानसम्पन्न भएको छ । वीरगञ्जको आदर्शनगर रंगशालमा २ सय ५१ वटा कुण्ड निर्माण गरिने यो महायज्ञको भूमिपुजन कायक्रको पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइ लगायत पर्साका सुरक्षा प्रमुखहरुले दिप प्रज्वलित गरेर पुजाको उदघाटन गर्नुभएको थियो ।

 

श्याम विहारी दुवेको नेतृत्वमा गायत्रीमहापिठ हरिद्धारबाट आएको पुरुष तथा महिला बिद्धान पुरोहित तथा साधकहरुको टोलीले बैदिक गायत्री मन्त्र तथा बिधिद्धारा भूमिपुजन गराएको थियो । वीरगन्ज महानगरपालिकाकि उपनगर प्रमुख शुश्रीशान्ति कार्कि,उधोगपती बाबुलाल चचान,हिरालाल केडिया,मुर्लीधर रुगंटा,राजूबैद्य,अंकित अग्रवाल,राजु अधिकारी केशव मराठा र छोटेलाल साह लगायतका व्यक्तिहरुले यो महायज्ञको भूमिपुजन गर्नुभएको छ । भूमिपुजन कार्यक्रममा अखिल विश्व गायत्री परिवार वेदमाता गायत्री शक्तिपीठका संयोजक एव वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले महायज्ञको ध्वजा स्थापना गनुभएको छ ।

वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा भिष्मकुमार भूसाल,उपसचिव शिव लम्साल,विभिन्न वडा अध्यक्ष,स्थानिय बुद्धिजिवि तथा संचारकर्मिहरुको उपस्थितीमा सम्पन्न भएको भूमिपुजन कार्यक्रममा गायत्री परिवारका सदस्यहरुको व्यापक उपस्थिती रहेको थियो ।राष्ट्रलाई सक्षम, सामर्थ्यवान एवं समृद्ध बनाउने उदेश्यले नेपालमै पहिलो पटक हुन गइरहेको अश्वमेध महायज्ञको धार्मिक ,अध्यत्मीक तथा बैज्ञानिक महत्वको बारेमा समेत गायत्री परिवारका सदस्यहरुले प्रबचनद्धारा जानकारी गराएका थिए ।

सन् २०२६ सम्म १ सय ८ वटा अश्वमेध महायज्ञ गर्ने उद्देश्यले गायत्री परिवारले विभिन्न स्थानमा अश्वमेध महायज्ञ गर्दै आइरहेको छ । जसमध्ये ४६ औं महायज्ञको रुपमा नेपालमा पहिलो पटक यो महायज्ञ हुन गइरहेको छ । यज्ञले प्रकृतिको चक्रलाई नियमित गर्ने, शारीरिक, मानसिक रोगव्याधिको उपचार गर्ने दावी समेत आयोजकहरुको रहेको छ ।२४ थरी जडिबुटी र ध्यूवाट मिश्रति हवनमा उत्पन्न हुने वायुले गर्दा ४० किलोमिटरसम्म वातावरण प्रदुषण मुक्त हुने वैज्ञानिक मान्यता समेत रहेको छ । महायज्ञको उद्घाटनमा प्रधानमन्त्री, संघीय सरकार मन्त्रीहरु, राजनीतिक दलका शीर्ष नेताहरुलाई पनि आमन्त्रण गरिएने आयोजक हरुले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot