Logo

सरकारको उपलब्धि शून्य: महामन्त्री कोइराला



काठमाडौँ,७ माघ । नेपाली नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले सरकारले अहिलेसम्म कुनै उपलब्धिमूलक कार्य नगरेको आरोप लगाएका छन । उनले नेपाली काङ्ग्रेस सकारात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न चाहने बताएका छन ।

नेपाल प्रेस युनियन धनुषाद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलन महामन्त्री कोइरालाले सरकारले योजनाविहीन तरिकाले काम गरिरहेको आरोप लगाए । डा गोविन्द केसीको माग पूर्ण रूपले पूरा भएको छैन भन्दै सो सन्दर्भमा संसद्मा प्रस्तुत हुने विधेयकलाई अध्ययन गरी काङ्गे्रसले भूमिका निर्वाह गर्ने स्पष्ट पारे ।

एक प्रश्नको जवाफमा महामन्त्री कोइरालालो प्रदेश नं २ का आर्थिक मामिला तथा योजनामन्त्रीले उद्योग, पर्यटन, वन तथा वातावरणका सचिवलाई कुटपिट गर्नु दुर्भाग्यपूर्ण घटना भएको बताए । यस किसिमको घटनाले सङ्घीयतालाई नै कमजोर बनाउन सक्छ भन्दै उनले दुबै पक्षले यसको समाधान पहिल्याउनु आवश्यक रहेको धारणा व्यक्त गरे । रासस



प्रतिक्रिया दिनुहोस्