Logo

भारतमा डुङ्गा दुर्घटना,१६ जनाको मृत्यु



काठमाडौँ,७ माघ । भारतको कर्नाटकमा सोमबार भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ ।दुर्घटनामा परेको डुङ्गामा २४ जना यात्रु रहेकोमा १६ जनाको शव भेटिएको अधिकारीहरुले जानकारी दिएका छन् । कर्नाटकको कार्वार क्षेत्रमा भएको दुर्घटनामा बेपत्ता भएकाहरुको उद्धारकर्मीहरुको टोलीले खोजी गरिरहेको छ ।

“दुर्घटनामा परी मृत्यु भएका मध्ये १६ जनाको शव उद्धारकर्ताहरुले भेट्टाएका छन्, अरुको खोजीका लागि संभावित ठाँउहरुहरुको पहिचान गरिएको छ,” सरकारी कार्यालयको आधिकारकि ट्वीटरमा लेखिएको छ ।खोजी तथा उद्धारका लागि हेलिकोप्टर र अन्य विभिन्न उपकरणहरु पनि प्रयोग भइरहेको अधिकारीहरुको भनाई छ ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot