काठमाडौँ, ८ माघ । प्रचण्ड बुहारी समेत रहेकी खानेपानी तथा सररफाई मन्त्री विना मगर भाइरल ज्वरोबाट प्रभावित भएपछि अस्पताल भर्ना भएकी छन् । उनको सुमेरु अस्पतालमै उपचार भैरहेको छ।
अहिले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । अस्पताल स्रोतका अनुसार बिनालाई हिजो बेलुका भर्ना गरिएको हो । उनलाई क्याबिनमा राखेर डाक्टरको विशेष निगरानीमा उपचार भइरहेको छ । उनी आजै डिस्चार्ज हुने सम्भावना रहेको छ ।