काठमाडौँ,८ माघ ।भारतीय कप्तान विराट कोहली सन् २०१८ को उत्कृष्ट क्रिकेट खेलाडीका साथसाथै वर्षका उत्कृष्ट टेस्ट र एकदिवसीय क्रिकेट खेलाडी घोषित भएका छन्।उनी ती तीनै अवार्ड जित्ने पहिलो खेलाडी हुन्। ती अवार्ड अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले प्रदान गर्छ।
यी अवार्डहरूसँगै कोहलीलाई वर्षभरि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू सम्मिलित टेस्ट र एकदिवसीय क्रिकेट टोलीको कप्तान पनि घोषणा गरिएको छ।घोषित दुबै टोलीमा आयरल्यान्ड र जिम्बाब्वेका कोही पनि खेलाडी परेनन् भने टेस्ट टोलीमा इङ्गल्यान्ड, बाङ्ग्लादेश र अफगानिस्तानका खेलाडी परेनन्। एकदिवसीय टोलीमा अष्ट्रेलिया, श्रीलंका, वेस्ट इन्डिज, दक्षिण अफ्रिका र पाकिस्तानका खेलाडी अटाएनन्।
तीस वर्षिय कोहलीले सन् २०१८ मा १३ टेस्ट खेल खेल्दै १३२२ रन बनाएका थिए भने १४ एकदिवसीय खेलहरूमा १२०२ रन बनाएका थिए। उनले टेस्टमा पाँच सहित जम्मा ११ शतक प्रहार गरेका थिए।
वरीयताक्रममा कोहली टेस्ट र एकदिवसीय दुबैका ब्याट्सम्यानहरूमध्ये शीर्षस्थानमा छन्।अद्भुत महसुस भइरहेको छ, यो वर्षभरि गरेको मेहनतको प्रतिफल हो।ू कोहलीले भने, ूम साच्चैनै कृतज्ञ छु। मैले र टोलीले गरेको राम्रो प्रदर्शन गर्न सकेकोमा एकदमै खुशी छु।ू
भारत वरीयताक्रममा टेस्टमा पहिलो र एकदिवसीयमा इङ्गल्यान्डपछि दोस्रो स्थानमा छ।इङ्गल्यान्डका कप्तान जो रुटले भने, वर्षको एकदिवसीय टोलीमा मेरा टोलीका अन्य तीन साथीहरूसँगै पर्दा रमाइलो लागेको छ।
टेस्ट क्रिकेट खेल्न नपाउने एशोसियट राष्ट्रहरूमध्येबाट स्कटल्यान्डका कालुम म्याकलियोड उत्कृष्ट भए। उनले जूनमा इङ्गल्यान्डविरुद्ध १४० रन बनाएका थिए।भारतका रिषभ पन्त वर्षको उत्कृष्ट उदयमान खेलाडी र न्युजिल्यान्डका केन विलियम्सन खेलभावना अवार्डबाट सम्मानित भए।श्रीलंकाका अम्पायर कुमार धर्मसेनाले वर्षका उत्कृष्ट अम्पायर अवार्ड प्राप्त गरेका छन्।बीबीसी