Logo

नवलपरासीमा बस र दमकल ठोक्कि‍ँदा २७ जना घाइते



कावासोती,९ माघ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–१५ चोरमार–अरुणखोलास्थित जङ्गलमा बस र बारुणयन्त्र एकापसमा ठोक्किँदा २७ जना घाइते भएका छन् ।

काठमाडौंबाट भैरहवाका लागि छुटेको लु १ ख ८७९७ नंको बस र विपरीत दिशाबाट आउँदै गरेको लु १ ग ३१० नंको कावासोती नगरपालिकाको बारुणयन्त्र एकापसमा ठोक्किदाँ दुर्घटना भएको हो ।

गम्भीर घाइते सात जनाको भरतपुरमा उपचार भइरहेको छ । अन्यको मनकामना पोलिक्लिनिक अरुणखोलामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot