Logo

प्रतिष्ठानमा एलपी आरएफ सेन्टी फ्यूज उपकरण जडान



काठमाडौँ,११ माघ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलो पटक एलपी आरएफ सेन्टी फ्यूज उपकरण जडान गरिएको छ । कर्णाली प्रदेशमा रहेका अस्पतालमध्ये जुम्ला अस्पतालमा पहिलो पटक यो उपकरण जडान गरिएको हो ।

यो उपकरणले लामो समयसम्म बल्झिएका घाउलाई निको हुन सहयोग गर्दछ । पछिल्लो समयमा लामो समयसम्म घाउ भएर संक्रमण भोगिरहेका बिरामीको मागका आधारमा यो उपकरण जडान गरिएको प्रतिष्ठानका निर्देशक धर्मराज गोसाईंले बताउनुभयो । उहाँका अनुसार यो उपकरण जडान भएपछि उपचारका लागि आउने बिरामीको सङ्ख्या बढेको छ । अस्पतालको प्रयोगशाला कक्षमा जडान गरिएको सो उपकरणले यहाँका वर्षौँ देखि निको हुन नसकेका घाउबाट प्रभावित बिरामीको उपचारमा सहयोग पुगेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका प्रयोगशाला प्रमुख विवेक पुनमगरले यो उपकरणले जस्तोसुकै ठुलो घाउ निको गर्न सक्ने बताउनुभयो । उहाँका अनुसार प्लेन ट्युवमा नौ एमएल रगत सङ्कलन गरेर १२ मिनेट सेन्टी फ्यूज गर्नुपर्छ । त्यसपछि एलपी आरएफ लेयर बन्छ । इन्स्टुमेण्टले दबाब दिएर बनेको लेयर बिरामीको घाउमा लेप लगाइन्छ । इस्टिम सेलपछि घाउमा हिलिङ गरेर घाउलाई निको पार्ने काम गर्छ ।

यो उपकरण नेपालका केही अस्पतालमा मात्रै जडान भएको छ । लामो समयसम्म घाउ निको नभएका बिरामीलाई अहिले जिल्लामै यो उपकरण जडान हुँदा निकै राहत मिलेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रक्त सञ्चार केन्द्र, आइसीयुजस्ता अत्याधुनिक उपरकण जडान भइसकेका छन् ।रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot