Logo

कादर खानः ईन्जिनियरिङका शिक्षकदेखि बलिउडसम्मको कथा



काठमाडौँ,१३ माघ । सन् १९७१ मा बलिउड प्रवेश गरेका अभिनेता कादर खानको ३० वर्षे फिल्मी करिअर र स्मरणीय छ । दिलिप कुमारसँगै पहिलो पटक काम गरेका कादर खानको दक्षता ‘स्क्रिन राइटिङ’, ‘डायलग राइटिङ’ र ‘कमेडी’मै थियो । यतिसम्म कि उनले लेखेका कतिपय डायलगलाई त ‘ट्रोल’ समेत बनाइयो । पढौँ उनको बारे व्यापक रुपमा सार्वजनिक नभएका १० तथ्य ।

१। अभिनयलाई पेशा बनाए पनि कादर खानको खास पढाइ ईन्जिनियरिङ थियो । उनी बलिउडमा प्रवेश गर्नुअघि मुम्बईस्थित एमएच सिद्धिकी कलेज अफ ईन्जिनियरिङमा सिभिल ईन्जिनियरिङ पढाउँथे ।

२। पढाइरहँदाको अवधिमै उनी ‘पार्ट टाइम’ पेशाको रुपमा नाटकमा पनि अभिनय गर्थे । दिलिप कुमार समेत उनको अभिनयको प्रसंसक थिए । उनैले कादर खानलाई फिल्ममा अवसर दिएका हुन् ।

३। कादर खानले ३ सय भन्दा बढी फिल्ममा अभिनय गरे । र १ हजार भन्दा धेरै हिन्दी फिल्ममा त संवाद नै लेखे । खासमा उनी राम्रो संवाद लेख्नसक्ने सीप भएको व्यक्तिको रुपमा पनि चिनिन्थे । आफ्नो अभिनय अवधिमै उनले स्क्रिन राईटर, डायलग राइटर, कमेडीयन र निर्देशकको छवि बनाए ।

४। बलिउडमा बहुचर्चित बनेको ‘डायलग’ ‘बडे बडे बेपरमेँ अपुनका छोटा छोटा फोटो छाप्ता है १’ खानले नै लेखेका थिए ।

५। उनले दुईपटक सम्म उत्कृष्ट ‘डायलग राईटर’को रुपमा फिल्म फेयर अवार्डसमेत जितेका थिए ।

६। कादर खानले अर्का अभिनेता गोविन्दासँग कमेडी जोडीको रुपमा फिल्ममा गरेको काम कसैले बिर्सन नसक्ने मानिन्छ । त्यसो त कादर र गोविन्दाको जोडी असाध्यै सुहाउने मानिन्छ ।

७ उनका छोरा सर्फराज पनि बलिउडमा स्थापित कलाकार हुन् । तेरे नाम, रमैया भस्ताभैया लगायत फिल्ममा सर्फराजले राम्रो काम देखाएका थिए ।

८। उनले अरबिक भाषामा ओस्मानिया विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् । क्यानडा, इन्डिया, पाकिस्तान, बेलायत र अमेरिकामै उनी अरेबिक भाषा ‘ईन्स्टिच्युट’ खोल्न चाहन्थे ।

९। उनले अमिताभ बच्चनकै लागि २२ वटा फिल्म लेखेका थिए ।

१०। ३० वर्षे अभिनय यात्रामा उनले पद्मा अवार्ड कहिल्यै जितेनन् ।

एजेुन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्